― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsगुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ – KhabarHost

गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ – KhabarHost


राष्ट्रिय

समाचार.

  • गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ।
  • हत्या आरोपमा शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।

१५ माघ, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी सेवन गरेका सन्तबहादुरले शिशुलाई टिपेर भुइँमा पछार्दा घटनास्थलमै मृत्यु भएको हो ।

सन्तबहादुरकी जेठी छोरी सरिताले घटनाबारे हस्तीचौर प्रहरी चौकीमा खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।

प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएका थियो ।

डीएसपी सारुका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More