― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsकाठमाडौंमा ३०औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन – KhabarHost

काठमाडौंमा ३०औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन – KhabarHost



१५ माघ, काठमाडौं । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) ले आफ्नो ३०औं अन्तर्राष्ट्रिय सम्मेलन १६ र १७ माघमा काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना गर्ने भएको छ ।

सन् १९९२ देखि अंग्रेजी भाषा शिक्षण र सिकाइमा क्रियाशील यस संस्थाले यस वर्षको सम्मेलनको मुख्य नारा ‘भावी पुस्ताका लागि अंग्रेजी भाषा शिक्षण: मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ तय गरेको छ।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, चीन, सिंगापुर, अमेरिका, बेलायत र जापान लगायत १५ भन्दा बढी राष्ट्रका करिब ८०० अंग्रेजी शिक्षक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीले जानकारी दिएका छन् ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधि, वक्ता र प्यानालिष्टहरूको समेत उपस्थिति रहने छ । सम्मेलनमा प्राज्ञिक आदानप्रदानका लागि ५ वटा किनोट, ६ वटा प्लेनरी, ८ वटा फिचर र १३४ वटा विभिन्न समानान्तर सत्र तथा कार्यशालाहरू सञ्चालन गरिनेछन्।

पूर्व प्राथमिकदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरू सहभागी हुने यस कार्यक्रमलाई अमेरिकी दूतावास, ब्रिटिश काउन्सिल र नेपालका विभिन्न शैक्षिक संस्थाहरूले सहयोग गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले उद्घाटन गर्ने सम्मेलनले नवीन शिक्षण पद्धति र अनुसन्धानमा आधारित प्रस्तुतीकरणमार्फत शिक्षकहरूको पेसागत विकासमा सहयोग पुर्‍याई समग्र अंग्रेजी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।





Read More