― Advertisement ―

मैले यसलाई व्यक्तिगत रूपमा नहेरेसम्म Samsungको S90F OLED टिभी कत्तिको अचम्मको थियो भन्ने मलाई थाहा थिएन — यो हरेक पैसाको लायक छ, विशेष गरी...

म भर्खरै हाम्रो स्थानीय Costco मा गएँ, र मेरो श्रीमान् र म Samsung's S90F <a data-link="id-analyline" href="https://www.techradar.com/tag/oled" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/oled" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="oled TV. डिस्प्ले...
HomeLatest newsगगन थापा – KhabarHost

गगन थापा – KhabarHost



१० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने उनले बताए ।

‘म सर्लाही ४ को प्रतिनिधित्व गर्छु । यहाँको संसद्मा दमदमाएर सर्लाहीको विषय उठ्छ । यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ । मधेसको विषयमा छलफल हुन्छ । पहिले पनि भएको थियो, नभएको भन्ने होइन । तर फरक ढंगले हुन्छ अब,’ गगनले भनेका छन् ।

सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाउँदै उनले आगामी पाँच वर्षमा मधेशका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने बताए ।

आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने जिकिर गरे ।

‘त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ, हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, भरोसा दिएर पटाउनपर्छ भनेर तपाईंहरूले त्यहाँ गएर भन्दिनुपर्नेछ । मसंग थोरै समय छ, पार्टीको जिम्मेवारीमा भएकोले गर्दा काठमाडौंभन्दा बाहिर, सर्लाही भन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नुपर्नेछ,’ उनले भने, ‘म क्षेत्रमा सम्पूर्ण दिन बस्ने अवस्था रहँदैन । यति कुरा विश्वास दिलाउन चाहन्छु कि एक जनाले पनि सर्लाही ४ मा गगन थापालाई रुख चिन्हमा मतदान गरेर काँही मैले त्यो बेलामा गल्ती गरेछु की भन्ने तपाई एक जनालाई पनि महसुस हुने अवस्था आउन दिन्नँ ।’

आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आकलन नगर्न समेत उनले सचेत गराए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More