― Advertisement ―

मैले मेरा पाठ सन्देशहरूलाई सुनोसँग गीतमा परिणत गरें र अब मेरो डिनर योजनाहरू पप युगल जस्तै सुनिन्छन्

एआई-उत्पन्न गरिएको गीत नम्बर वन iTunes मा। एआई मोडेलहरूले संगीत कसरी उत्पादन गर्छन् भन्ने बारे वैध चिन्ताको बाबजुद, यसको वर्तमान लोकप्रियतालाई अस्वीकार गर्न सकिँदैन।...
HomeLatest news८३ वर्षीय महन्थ बने राष्ट्रिय सभा सदस्य – KhabarHost

८३ वर्षीय महन्थ बने राष्ट्रिय सभा सदस्य – KhabarHost



११ माघ, जनकपुरधाम । केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।

उनी नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य हुन् ।

महोत्तरीको पिपरा गाउँपालिका–एकरहिया घर भएका ठाकुर मधेश राजनीतिका सबैभन्दा अनुभवी र उतार–चढावपूर्ण यात्राका साक्षी नेता मानिन्छन् । उनले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधि सभा सदस्यका रूपमा महोत्तरी क्षेत्र नं. ३ बाट चुनाव जितेका थिए ।

२०७९ को निर्वाचनमा भने दोस्रो पटक प्रतिस्पर्धा गरेका उनी यसपटक राष्ट्रिय सभामा पुगेका छन् । तर प्रतिनिधिसभामा उनी अन्तिम पटक मत मागेका थिए । पुन: राष्ट्रिय सभा सदस्यमा भएपछि उनलाई पदीय लोभी नेता भनेर टिप्पणी हुन थालेको छ । कमजोर शारीरिक अवस्थाको कारण उनी आफैं उठबस र हिँडडुल गर्न सक्दैनन् ।

विद्यार्थी कालमै नेपाली कांग्रेस निकट राजनीतिमा सक्रिय ठाकुरले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जेलनेलसमेत भोगे । २०३६ सालको बहुदलीय आन्दोलन र २०४६ सालको जनआन्दोलनमा उनको सक्रिय भूमिका रह्यो ।

२०४८ सालमा नेपाली कांग्रेसबाट सर्लाही क्षेत्र नं. ५ बाट चुनाव जित्दै उनी पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरे । त्यही कार्यकालमा उपसभामुख बन्न सफल भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पुन: सर्लाहीबाटै निर्वाचित भएपछि उनी मन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहिसकेका ठाकुरले कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाले । तर २०६४ सालमा कांग्रेस त्याग्दै आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे । पहिलो संविधानसभा निर्वाचन २०६४ मा सर्लाही क्षेत्र नं. ४ बाट चुनाव लडेका उनी मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन यादवसँग पराजित भएका थिए । यद्यपि उनी मनोनित संविधानसभा सदस्य बने । दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि उनी  कांग्रेसका उम्मेदवार अमरेश सिंहसँग हार व्यहोरे ।

संविधान घोषणाको संघारमा भएको छ महिनाको तेस्रो मधेश आन्दोलनमा ठाकुरले मधेशवादी दलहरूसँग मिलेर संयुक्त मधेशी मोर्चाको नेतृत्वदायी भूमिका खेले । आन्दोलनपछि मधेशमा मधेशवादी शक्तिप्रति सहानुभूति बढ्यो । २०७४ को निर्वाचनअघि उनले छ वटा दल एकीकृत गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरे, जसमा तमलोपा, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी समाहित भए । राजपामा चक्रिय प्रणालीबाट नेतृत्व चयन गरिन्थ्यो ।

२०७४ को निर्वाचनमा राजपा र तत्कालीन संघीय समाजवादी पार्टीले राम्रो उपस्थिति जनाए । २०७७ मा यी दुई दल एकताबद्ध भई जनता समाजवादी पार्टी (जसपा) नेपाल बने । तर डेढ वर्षमै २०७८ मा पार्टी विभाजन गर्दै ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । पछिल्लो समय फेरि जसपामा समाहित हुँदै उनी राष्ट्रिय राजनीतिमा पुन: केन्द्रमा आएका छन् ।

राजनीतिक यात्रामा उपप्रधानमन्त्री बन्ने अवसर पटक–पटक आए पनि उनले आफूभन्दा अन्य नेतालाई अघि सारे । राष्ट्रपतिको उम्मेदवारका रूपमा पनि उनको नाम पटक–पटक चर्चामा आयो । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गर्दा कांग्रेसले उनलाई प्रधानमन्त्रीको प्रस्तावसमेत गरेको थियो ।

तर, उनले ओलीसँग सहकार्य गरे, जसको परिणामस्वरूप त्यस सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्री बने । पछि सर्वोच्च अदालतको आदेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदा ओली सरकार ढलेको थियो ।

यद्यपि ठाकुरमाथि परिवारवादको आरोप पनि लाग्ने गरेको छ । सम्धिनीलाई संविधानसभा सदस्य बनाएको, सम्धिलाई भागबण्डामा प्रदेश प्रमुख बनाएको तथा पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ छोरीको नाम समावेश गराएको विषयमा उनी आलोचनामा पर्दै आएका छन् । यसपट महोत्तरी क्षेत्र नं. ३ मा उनले आफ्नो छोरीलाई उम्मेदवार उठाएको छ ।

लामो राजनीतिक अनुभव, निर्णायक क्षणमा खेल्ने भूमिका र निरन्तर विवादबीच पनि महन्थ ठाकुर मधेश र राष्ट्रिय राजनीतिका प्रभावशाली पात्रका रूपमा कायम छन् ।





Read More