― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest news५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा

५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा



१० माघ, काठमाडौं। नासाको ऐतिहासिक चन्द्र अभियान आर्टिमिस-२ को तयारी अन्तिम चरणमा पुगेसँगै ५० वर्षभन्दा बढी समयपछि मानव जाति फेरि चन्द्रमाको नजिक पुग्ने निश्चित भएको छ ।

फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्रक्षेपण प्याड ३९बीमा हालै मात्र नासाको विशाल ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट र ‘ओरियन’ अन्तरिक्ष यानलाई स्थानान्तरण गरिएको छ । नासा र विश्वभरका खगोलविद्हरूका अनुसार यो ऐतिहासिक मिसनको प्रक्षेपणका लागि आगामी फेब्रुअरी ६, २०२६ को मिति तय गरिएको छ, जसले मानव अन्तरिक्ष यात्राको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।

अहिले इन्जिनियरहरूको टोली रकेटको अन्तिम परीक्षण र इन्धन भर्ने प्रक्रियाको तयारीमा जुटेका छन्, जसलाई प्राविधिक भाषामा ‘वेट ड्रेस रिहर्सल’ भनिन्छ ।

यो परीक्षण सफल भएमा निर्धारित समयमै चारजना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको कक्षतर्फ प्रस्थान गर्नेछन् । यस मिसनमा कमान्डर रीड वाइजम्यानको नेतृत्वमा भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी हुँदैछन् ।

यसमा रोचक कुरा के छ भने यो यात्रा सफल भएमा क्रिस्टिना कोच चन्द्रमाको यात्रा गर्ने विश्वकै पहिलो महिला बन्नुहुनेछ । सबै यात्रीहरू सुरक्षित रूपमा यात्राका लागि तयार हुन अहिले विशेष क्वारेन्टाइनमा बसिसकेका छन् ।

आर्टिमिस-२ मिसनको मुख्य उद्देश्य चन्द्रमाको सतहमा उत्रनु नभई त्यसको वरिपरि चक्कर लगाएर ओरियन यानको सुरक्षा र जीवनरक्षा प्रणालीहरूको परीक्षण गर्नु हो ।

१० दिन लामो यस यात्राले गहिरो अन्तरिक्षमा मानिसले कसरी लामो समयसम्म काम गर्न सक्छ भन्ने कुराको प्रमाणीकरण गर्नेछ ।

यस मिसनको सफलताले नै सन् २०२७ मा सञ्चालन गरिने आर्टिमिस-३ अभियानको बाटो खोल्नेछ, जसमा मानिसलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने नासाको ठूलो योजना रहेको छ। हाल विश्वभरका वैज्ञानिक र अन्तरिक्ष प्रेमीहरूको नजर यो विशाल रकेटको अन्तिम काउन्टडाउनतर्फ सोझिएको छ । (विभिन्न एजेन्सीहरूको सहयोगमा)

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More