― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest news३१ संस्थाले गर्नेछन् २१ फागुनको निर्वाचन पर्यवेक्षण

३१ संस्थाले गर्नेछन् २१ फागुनको निर्वाचन पर्यवेक्षण


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले आगामी २१ फागुनको निर्वाचन पर्यवेक्षणका लागि ३१ वटा संस्थालाई अनुमति दिएको छ।
  • पर्यवेक्षणका लागि ४४ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आएको थियो।
  • पर्यवेक्षण गर्न अनुमति पाएका राष्ट्रिय संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर, नेपाल लगायत २७ संस्था छन् र चार अन्तर्राष्ट्रिय संस्था पनि छन्।

१ पुस, काठमाडौं। विभिन्न ३१ वटा संस्थाले आगामी २१ फागुनको निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन पर्यवेक्षणका लागि निवेदन आह्वान गरिएकोमा ४४ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन प्राप्त भएको थियो ।

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थाहरूमध्ये तोकिएका आधार र प्रक्रिया पूरा गरेका २७ वटा राष्ट्रिय संस्थाहरू र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिनेनिर्णय गरेको हो ।

पर्यवेक्षण गर्नका लागि अनुमति प्राप्त राष्ट्रिय संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर, नेपाल, सामुहिक अभियान, नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल, निर्वाचन पर्यवेक्षण समिति नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), संघीय बहसमा युवा, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल रहेका छन्

यसैगरी, नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल, सुशासन महासंघ नेपाल, राष्ट्रिय व्यवसायिक पहल, महिला कानून र विकास मञ्च, बागेश्वरी असल शासन क्लब (बास), समृद्ध आधार नेपाल, कानूनी न्यायिक अध्ययन प्रतिष्ठान, महिला सेवा संस्था नेपाल, युवालय, विश्व उपभोक्ता महासंघ नेपाल, उन्नत नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सञ्चारिका समूह नेपालले पनि पर्यवेक्षण गर्नका लागि अनुमति पाएका छन् ।

२१ फागुनको निर्वाचनमा चार वटा अन्तराष्ट्रिय संस्थाहरूले पर्यवेक्षण गर्नका लागि अनुमति पाएका छन् । ती हुन् द कार्टर सेन्टर एटलान्टा, द मल्टिडिसिप्लिनरी इन्स्टिच्यूट अप ट्रेनिङ एण्ड लर्निङ म्यासेच्यूट्स, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्यूट र एसियन नेटवर्क फर फ्रि इलेक्शन्स (एएनएफआरईएल)

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More