― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest news१५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डको टेस्ट जित

१५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डको टेस्ट जित


राष्ट्रिय

समाचार.

  • इंग्ल्यान्डले १५ वर्षपछि अस्ट्रेलियामा टेस्ट क्रिकेटमा जित हात पारेको छ।
  • मेलबर्न क्रिकेट ग्राउन्डमा भएको चौथो टेस्टमा इंग्ल्यान्डले १७५ रनको लक्ष्य पूरा गर्दै दुई दिनमै जित हासिल गर्‍यो।
  • ज्याकब बेथेल, ज्याक क्रली र बेन डकेटले महत्वपूर्ण रन जोड्दै इंग्ल्यान्डलाई जिततर्फ डोर्‍याए।

१२ पुस, काठमाडौं । इंग्ल्यान्डले १५ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित हात पारेको छ । १५ वर्ष र १८ टेस्ट खेलसम्म अस्ट्रेलियामा जित निकाल्न नसकेको इंग्ल्यान्डले अन्ततः सफलता हात पारेको हो।

मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)मा भएको एसेज शृंखलाको चौथो टेस्टमा इंग्ल्यान्डले १७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गर्‍यो। दुई दिनमै सकिएको यो टेस्टमा बलिङ सहयोगी पिच देखिएको थियो ।

इंग्ल्यान्डको आक्रामक ‘बाजबल’ शैली यस खेलमा सफल देखियो। ज्याकोब बेथेलले ४०, ज्याक क्रलीले ३७ तथा बेन डकेटले ३४ रन जोड्दै टोलीलाई जिततर्फ डोर्‍याए। मिचेल स्टार्क, झाय रिचार्डसन र स्कट बोल्यान्डले २-२ विकेट लिए

खेल हेर्न ९२ हजारभन्दा बढी दर्शक मैदानमा उपस्थित थिए, तर टेस्ट दुई दिनमै सकिएकाले बाँकी दिनका टिकट रद्द भए।

त्यसअघि पहिलो इनिङमा अस्ट्रेलियाले १५२ रन बनाएपछि जवाफमा इंग्ल्यान्ड ११० रनमा अलआउट भएको थियो । दोस्रो दिन अस्ट्रेलिया १३२ रनमा अलआउट भएपछि १७४ रनको अग्रताका साथ इंग्ल्यान्डलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यसअघि इंग्ल्यान्डले अष्ट्रेलियामा सन् २०१०–११ को एसेजपछि एउटा पनि टेस्ट खेल जित्न सकेको थिएन।

५ खेलको एसेज सिरिज भने इंग्ल्यान्डले गुमाइसकेको छ । आजको नतिजापछि शृंखला ३-१ को अवस्थामा पुगेको छ ।





Read More