राष्ट्रिय
समाचार.
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले वैकल्पिक तेस्रो ध्रुव बनाउन विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको बताउनुभयो।
- श्रेष्ठले काठमाडौंका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङसँगको एकता प्रक्रियामा गृहकार्य भइरहेको उल्लेख गर्नुभयो।
- उहाँले वैकल्पिक राजनीतिको विरासत रास्वपाले अघि बढाइरहेको र विवेकशील साझासँग पनि एकता गरिएको जानकारी दिनुभयो।
१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले बलियो वैकल्पिक ध्रुव बनाउन विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मन्त्री कुलमान घिसिङलगायतसँगको एकताको प्रयास पनि त्यसैको निरन्तरता भएको बताए ।
‘नेपाली राजनीतिको केन्द्रमा लामो समय दुई ध्रुव बलियो बनेर रहेको अवस्था हो । अब वैकल्पिक तेस्रो ध्रुव पनि छ है भनेर हामीले काम गरिरहेका छौं,’ विघटित प्रतिनिधिसभाका सदस्य रहेका श्रेष्ठले भने, ‘त्यसैले विचार र व्यवहार मिल्नेहरूसँग एउटै बनेर जानुपर्छ भनेर हामी लागेका छौं ।
उनले बालेन र कुलमानसँग एकता गरेर जाने आधार तय हुन बाँकी रहेको बताए ।
‘हिजो पार्टी कार्यालयमा सभापति र दुवै उपसभापतिहरू आउनु भएको थियो । उहाँहरूले एकताको प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । दुईवटैपक्ष के आधारमा सँगै जाने भन्ने तय हुन बाँकी रहेको बताउनुभयो । त्यसमा गृहकार्य भइरहेको छ,’ उनले भने ।
नेता श्रेष्ठले वैकल्पिक राजनीतिको विरासत रास्वपाले अघि बढाइरहेको बताए । ‘वैकल्पिक राजनीतिक सुरु भइसकेपछि यसको विरासत रास्वपाले अघि बढाएको छ । त्यही जिम्मेवारी सम्झिएर विवेकशील साझासँग पनि एकता गरिएको हो । विचरा र व्यवहार मिल्ने अरु दलसँग पनि एउटै बनेर जानुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

