७ कात्तिक, काठमाडौं । भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । सो घटनामा १० जनाको मृत्यु पुष्टि भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । सो बसमा ४२ यात्री सवार थिए ।
समाचारअनुसार दुर्घटनामा परेर घाइते भएका यात्रुको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्ने सक्ने आशंका गरिएको छ ।
एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको समाचार छ । तर, स्थानीय प्रशासनले दुर्घटनाको कारण भने आधिकारिक रूपमा पुष्टि गरेको छैन ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

