― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
Homeट्रम्पले भने– इजरायलले वेस्ट बैंकमा केही गर्ने छैन

ट्रम्पले भने– इजरायलले वेस्ट बैंकमा केही गर्ने छैन



७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमाथि केही पनि गर्न नदिने बताएका छन् ।

इजरायलले वेस्ट बैंकलाई गाभ्ने तयारी गरेपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो । ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेका छन्, ‘वेस्ट बैंकको चिन्ता नगर्नुस् । इजरायलले वेस्ट बैंकका साथ केही गर्दैन ।’

इजरायली संसद्ले वेस्ट बैंकमाथि इजरायली कानुन लागू गर्ने प्रस्तावलाई प्रारम्भिक अनुमति दिएको छ । संसद्ले दिएको यो अनुमतिलाई वेस्ट बैंक इजरायलमा गाभ्ने पहिलो कदमका रूपमा लिइएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपति ट्रम्पको नीति दोहोर्‍याउँदै भने, ‘यदि, यो कुनै राजनीतिक स्टन्ट थियो भने मूर्खतापूर्ण हो । राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई इजरायलमा मिलाउने प्रयासको विरूद्धमा हुनुहुन्छ ।’

अमेरिकी विदेशमन्त्री मार्को रूबियोले पनि वेस्ट बैंक गाभ्ने इजरायलको पछिल्लो कदमले ‘गाजा युद्ध समाप्त गर्न ट्रम्प शान्ति योजना’ लाई गम्भीर नोक्सान पुर्‍याउन सक्ने बताए ।

वेस्ट बैंक के हो ?

वेस्ट बैंक मध्यपूर्वको एउटा विवादित भूभाग हो । यो इजरायल र जोर्डनको बीचमा अवस्थित छ । यो जोर्डन नदीको पश्चिम किनारमा भएका कारणले यसलाई ‘वेस्ट बैंक’ अर्थात् ‘पश्चिम किनार’ भनिएको हो ।

वेस्ट बैंकलाई प्यालेस्टिनीहरूले आफ्नो भूमि ठान्छन्, तर इजरायलले यसमा आंशिक नियन्त्रण राखेको छ । इजरायलले १९६७ को युद्धपछि यस क्षेत्रमा कब्जा जमाएको थियो । त्यसयता, इजरायलले यहाँ धेरै यहूदी बस्तीहरू निर्माण गरेको छ, जुन अन्तर्राष्ट्रिय रूपमा विवादास्पद मानिन्छ ।

यहाँ रामल्लाह, हेब्रोन, बेथलेहेम, नब्लस र जेरिकोजस्ता मुख्य शहरहरू पर्दछन् ।

करिब ५ हजार ६४० वर्ग किलोमिटर क्षेत्रफलको यो भूभागमा करिब ३० लाख प्यालेस्टिनीहरुको बसोबास छ । हाल वेस्ट बैंकको केही भाग प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा र केही भाग इजरायलको नियन्त्रणमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More