― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsहिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित – KhabarHost

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै शीर्षस्थानमा रहेका छन्।
  • प्रतियोगितामा २८ स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागी छन् र माघ ४ गतेसम्म सञ्चालन हुनेछ।
  • हिमालयन चेस एकेडेमीले २०८० साल चैत १ गते उद्घाटन भएर थापाथली र भक्तपुरमा ६ कोर्समा करिब २ सयलाई प्रशिक्षण दिइसकेको छ।

२ माघ, काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै विहीबार शीर्षस्थानमा कायमै रहेका छन् ।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले पाँचौं चरणमा सात्विकमान तुलाधरलाई पराजित गरे । प्रतियोगितामा शीर्ष वरियताका अभिकले छैटौं चरणमा शुक्रबार लियोन महर्जनविरुद्ध खेल्दैछन् ।

प्रतियोगिताको पाँचौं दिन सजल न्यौपाने, लियोन महर्जन, अरिज राई, निहाना श्रेष्ठ, अभिक रेग्मी, निवा राई, ईश्वर लामा, अरण्य तुलाधर, ओजस्वी श्रेष्ठ र श्रेयांश सापकोटाले पनि जित हात पारे । हार्दिक पन्तले अग्रता आचार्यसँग र विमश लोहनीले प्रवीर केसीसँग बराबरी खेल्दै अंक बाँडे ।

नब्बे मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय रहेको प्रतियोगिता युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजना गरिएको हो । हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । पाँचौं चरणको खेल सकिँदा अभिक शाह ५ जितसहित १५ अंक बनाएर शीर्षस्थानमा रहे । सजल, आशिर्वाद र लियोन समान ४ जितसहित १२ अंकमा छन् ।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।

चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ ।

भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More