― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsहर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही – KhabarHost

हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही – KhabarHost



५ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गरेका छन् ।

बुटवलमा आज भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

`श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु,´ सम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए ।` कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,´परियारले भनेका थिए, `ध्यान यता मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।´

यसअघि यो पार्टीका अर्का अध्यक्ष कारबाहीमा परिसकेका छन् ।

विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई कारबाही गरेको थियो । उनी पनि पार्टीका उपाध्यक्ष थिए ।





Read More