― Advertisement ―

एक आधारभूत सुरक्षा त्रुटिले सुरक्षा अनुसन्धानकर्तालाई आन्तरिक फिफा प्रणालीहरू पहुँच गर्न दिन्छ – र विश्व कप टिभी स्ट्रिमहरू नियन्त्रण गर्ने क्षमता।

"एउटा आक्रमणकारीले पूरै फिफा वर्ल्ड कपलाई रिकरोल गर्न सक्थे" - तर सौभाग्यवश यो मुद्दा छिट्टै समाधान भयो। थप पढ्नुहोस्
HomeLatest newsहरिवंश आचार्य स्टारर ‘भूठान’ अमेजनमा रिलिज – KhabarHost

हरिवंश आचार्य स्टारर ‘भूठान’ अमेजनमा रिलिज – KhabarHost


राष्ट्रिय

समाचार.

  • हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ अमेजन ओटीटीमा रिलिज भएको छ।
  • फिल्मले भुटानी शरणार्थीको पहिचान र संस्कृति संरक्षणको संघर्ष देखाउँछ।
  • विनोद पौडेल निर्देशित फिल्मलाई नेपाल र अमेरिकाका कम्पनीहरूले संयुक्त रूपमा निर्माण गरेका छन्।

काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘भूठान’ अमेजन ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । अंग्रेजी नाम ‘द वल्र्ड्स ह्याप्पिएस्ट म्यान’ नाम राखिएको फिल्मलाई अमेजनका उत्तर अमेरिकी टेरिटोरीका दर्शकले हेर्न सक्छन् ।

त्यसपछि अमेजनले यसलाई संसारका अन्य टेरिटोरीका दर्शकले हेर्न पाउने गरि योजना बनाएको छ । बैशाखमा नेपालका थिएटरमा रिलिज भएको फिल्मले अमेरिका पुनर्वासमा पुगेका भुटानी शरणार्थीले पहिचान र संस्कृति संरक्षणको लागि गर्ने संघर्षको कथा पेश गर्छ ।

शीर्ष भूमिकामा आचार्यले अभिनय गरेका छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोयश पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको पनि अभिनय छ ।

हलिउड अभिनेता बु्रस डर्नले पनि विशेष भूमिका निर्वाह गरेका छन् । विनोद पौडेल निर्देशित फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेका हुन् ।





Read More