― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsपुस महिनामा वैदेशिक रोजगारीमा जाने संख्या ३१ हजार बढी

पुस महिनामा वैदेशिक रोजगारीमा जाने संख्या ३१ हजार बढी


राष्ट्रिय

समाचार.

  • पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जुन मंसिरको तुलनामा २ हजार १ सय ३२ जना बढी हो।
  • वैदेशिक रोजगार विभागका अनुसार २७ हजार ५ सय ३० जना पुरुष र ४ हजार २ सय २० जना महिला श्रमिक पुसमा विदेशिएका छन्।
  • पुस महिनामा सबैभन्दा बढी ७ हजार २ सय २२ जना साउदी अरेबिया गएका छन् भने कतार, यूएई, मलेसिया, कुवेत लगायतका देशमा पनि नेपाली श्रमिकहरू गएका छन्।

७ माघ, काठमाडौं । पछिल्लो एक महिनामा ३१ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका हुन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुसमा म्यानपावरमार्फत ११ देशमा मात्रै श्रमिकहरू गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९० देशमा नेपाली श्रमिकहरू गएका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेशिक रोजगार यात्रा पुनः बढ्न थालेको छ ।

पुस महिनामा सबैभन्दा बढी साउदी अरेबिया गएका छन् । साउदीमा ७ हजार २ सय २२ जना श्रमिक गएका छन् ।

त्यस्तै कतारमा ४ हजार ५ सय २३, यूएईमा ३ हजार २ सय ९५, मलेसियामा ३ हजार ५ सय ८७, कुवेतमा २ हजार ६ सय ८८, रोमानियामा २ हजार ८२, जापानमा १ हजार १ सय ३६, ओमानमा १ हजार २ सय ३५ जना श्रमिक गएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More