― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsहत्याका आरोपीबाटै मारिए प्रहरी जवान, राजावादी आन्दोलनबाट परे पक्राउ

हत्याका आरोपीबाटै मारिए प्रहरी जवान, राजावादी आन्दोलनबाट परे पक्राउ



२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी मारिए । आन्दोलनमा क्रममा असई मिलन राय र उत्तम थापालाई कुटीकुटी हत्या गरियो ।

प्रहरीमा प्राप्त एउटा भिडियोमा केएजेएआरआईए (कजारिया) लेखिएको टीसर्ट लगाएको कालो हाफ पाइन्ट र सेता जुत्ता लगाएका एक युवकको एउटा हुलिया देखियो । जहाँ ती युवाले वृत्त महाराजगञ्जकै परिसरमा रहेको मन्दिर अगाडि निर्मम तरिकाले प्रहरीलाई भाटाले कुटेको देखिन्छ । भुईँमा बेहोस अवस्थामा ढलेका प्रहरीलाई निर्मम प्रहार गरेर ती युवा गएको भिडियोमा प्रष्ट देखिन्छ ।

यही भिडियोको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ‘अपरेशन’ सुरु गर्‍यो । विभिन्न प्राविधिक कोणबाट विश्लेषण अनुसन्धान गर्नेदेखि अनुसन्धानका विभिन्न कामहरू भए । यो बीचमा प्रहरी हत्या गर्ने दुई नाबालकसहित १२ जना पक्राउ गर्दा पनि ती व्यक्तिको भने पहिचान नै हुन सकेन ।

उक्त हुलिया भएका व्यक्ति को हुन् भन्ने लामो समय अनुसन्धान गर्दा पनि खुलेन । यद्यपि प्रहरीले आफ्नो अनुसन्धान भने जारी राखेको थियो । हिजो शनिबार मात्रै राजावादी समूहले काठमाडौंको सामाखुसी क्षेत्रमा जुलस तथा प्रदर्शन निकाल्यो ।

लामो समयदेखि अपरेशनमा खटिएका प्रहरीले त्यही टीसर्ट लगाएको व्यक्ति आन्दोलनको छेउमा देखे । परिसर काठमाडौंको सादा पोशाकको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लियो । अनि ती व्यक्तिको पहिचान भयो- इन्द्रबहादुर राई । भोजपुरको दोभान गाउँपालिका-२ का ३६ वर्षीय राईमाथि प्रारम्भिक सोधपुछकै क्रममा खुल्यो- उनी जेनजी आन्दोलनमा प्रहरी हत्या गर्ने मध्येका एक थिए ।

प्रहरीमाथि आक्रमण गर्दा उनले लगाएको टीसर्ट नै लगाएर राजावादी प्रदर्शनमा पुगेका थिए । उनी प्रदर्शनमा जानुको पछाडि जेनजीको प्रदर्शनमा जस्तै घुसपैठ गरेर अर्को कुनै घटना गराउनु हुनसक्ने प्रहरीको बुझाइ छ ।

प्रहरीले नियन्त्रणमा लिएर उनको पवित्रनगरस्थित कोठा खानतलासी गर्दा प्रहरी हत्या गर्ने क्रममा लगाएको जुत्ता मात्रै होइन प्रहरीबाटै लुटिएको पेस्तोलदेखि गोलीसम्म फेला परे । उनको कोठाबाट टाइप ५४ लेखिएको पेस्तोल, त्यसको म्यागजिन र ७ राउण्ड गोली फेला परेको परिसरका प्रमुख तथा एसएसपी रमेश थापाले बताए ।

सार्वजनिक भिडियोमा उनले वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापालाई आक्रमण गरेको देखिन्छ । उनीविरुद्ध यसअघि पनि हत्यामा मुद्दा चलेको देखिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

२०८० सालमा उनीविरुद्ध महाराजगञ्जबाटै मुद्दा चलेको देखिएको छ । पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।





Read More