राष्ट्रिय
समाचार.
- युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पोर्टिङ सीपीले पीएसजीलाई २-१ ले पराजित गरेको छ।
- स्पोर्टिङका लुइस जेभियर स्वारेजले ७४औं र ९०औं मिनेटमा गोल गरे।
- स्पोर्टिङ १३ अंकसहित छैटौं र पीएसजी समान अंकसहित पाँचौं स्थानमा छन्।
७ माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित गरेको छ ।
स्पोर्टिङको जितमा लुइस जेभियर स्वारेजले दुवै गोल गरे । पीएसजीका लागि भिचा भरत्सखेलियाले १ गोल गरे ।
स्वारेजले ७४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९औं मिनेटमा भरत्सखेलियाले बराबरी गोल फर्काए ।
९०औं मिनेटमा स्वारेजले विजयी गोल गरे । स्पोर्टिङ ३ अंक जोड्न सफल भयो ।
जितपछि स्पोर्टिङ ७ खेलमा १३ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजित पीएसजी समान १३ अंकसहित पाँचौं स्थानमा छ ।
गएराति भएका अन्य खेलमा ओलम्पियाकसले बायर लेभरकुसनलाई २-० ले हरायो । कोपनहेगन र नापोलीले १-१ को बराबरी खेले ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

