― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsस्याउको मूल्य बढ्यो, केरा र अनार घट्यो – KhabarHost

स्याउको मूल्य बढ्यो, केरा र अनार घट्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्याउको मूल्य तीन साता अवधिमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म बढेको छ।
  • अनारको मूल्य १३ प्रतिशतले घटेर प्रतिकिलो ३ सय २५ रुपैयाँ कायम भएको छ।
  • केराको मूल्य प्रतिदर्जन १५ रुपैयाँले घटेर १ सय ७५ रुपैयाँमा किनबेच भएको छ।

२७ पुस, काठमाडौं । बजारमा स्याउको मूल्य बढ्दा केरा र अनारको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यी फलफूलको मूल्यमा घटबट देखाएको हो ।

तीन साता अवधिमा स्याउको मूल्य प्रतिकिलो थोकमा २५ देखि ३० रुपैयाँसम्म बढेको छ । १ पुसमा प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा किनबेच भएको झोले स्याउ २७ पुसमा २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै फुजी स्याउको मूल्य यस अवधिमा प्रतिकिलो ३० रुपैयाँले बढेको छ । १ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज ३ सय १५ रुपैयाँ कायम छ ।

यसैगरी यस अवधिमा अनारको मूल्य १३ प्रतिशतले घटेको छ । १ पुसमा प्रतिकिलो थोकमा औसत ३ सय ७५ रुपैयाँमा किनबेच भएको अनार ५० रुपैयाँले घटेर अहिले ३ सय २५ रुपैयाँ कायम छ ।

यसैगरी केराको मूल्य प्रतिदर्जन १५ रुपैयाँले घटेको तथ्यांकले देखाउँछ । १ पुसमा प्रतिदर्जन १ सय ९० रुपैयाँमा किनबेच भएको केराको मूल्य आज १ सय ७५ रुपैयाँ कायम छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More