― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsसिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त – KhabarHost

सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा पुस २५ देखि नियुक्त गरेको छ।
  • बस्यालले करिब ३६ वर्ष बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका छन् र सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
  • सन् २००५ देखि सिद्धार्थ बैंकमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर बजार व्यवस्था, कर्जा लगानी र जोखिम व्यवस्थापनमा योगदान दिएका छन्।

२७ पुस, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

उनले विगत ३६ वर्षको बैंकिङ कार्यकालमा विभिन्न भूमिकामा रही समग्र बैंक सञ्चालनसम्बन्धी अनुभव प्राप्त गरेका छन् । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ गनुपर्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दिगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबुत हुने विश्वास जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More