राष्ट्रिय
समाचार.
- काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मनाउनेछ।
- स्थापना दिवसको अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहनेछ र विभिन्न श्रष्टाहरुलाई सम्मान गरिनेछ।
- राष्ट्रिय सभागृहमा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको महानगरले स्थापना दिवस मनाउन लागेको हो ।
सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।
कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहने छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले जानकारी दिए ।
स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

