― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

बलिउडका सुपरस्टार सलमान खान यतिबेला आफ्नो प्रतीक्षित फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकनमा व्यस्त छन्। मुम्बईको गोरेगाउँस्थित फिल्म सिटीमा फिल्मको छायांकन चलिरहेको छ।  

‘ब्याटल अफ गलवान’ मा नेपाली फिल्मका अभिनेता अनुप विक्रम शाहीले अभिनय गरेका छन्। उनी भिलेनको भूमिकामा देखिने चर्चा छ। सलमान खानसँग उनको १३ मिनेट लामो एक्सन सिक्वेन्स रहेको बताइएको छ, जुन दर्शकका लागि थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

अनुप गत भदौको अन्तिममा भारतको लद्दाख क्षेत्रमा भएको पहिलो चरणको छायांकनमा उपस्थित भएका थिए। हालै, उनी मुम्बईमा दोस्रो चरणको छायांकनमा समेत सहभागी भए।

यो फिल्ममा अनुप विक्रम शाहीसँगै नेपाली मूलका कलाकार, गायक तथा अभिनेता प्रशान्त तामाङले पनि अभिनय गरेका छन्। उनले सामाजिक सञ्जालमा अनुपसँगको एक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्। प्रशान्तले लेखेका छन्, ‘अब केही छ। साँच्चै उत्साहित छु।’ 

उनले सलमान खान फिल्मस्, सलमान खान र निर्देशक अपूर्व लाखियालाई  धन्यवाद समेत व्यक्त गरेका छन्। सलमानको फिल्ममा अभिनय गरेको पुष्टी गरे पनि भूमिकाबारे प्रशान्तले केही खुलाएका छैनन्।

‘ब्याटल अफ गलवान’ अनुपको पहिलो बलिउड प्रोजेक्ट भए पनि प्रशान्तको भने पहिलो प्रोजेक्ट होइन्। उनी गत वर्ष ओटिटी प्लेटफर्ममा रिलिज भएर निकै चर्चा बटुलेको वेब सिरिज ‘पाताल लोक २’ मा अभिनय गरेका थिए। 

‘ब्याटल अफ गलवान’ वार ड्रामा हो। सन् २०२० मा भारत र चीनको सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। हतियारबीना भएको सो झडपको कथामा आधारित रहेर यो फिल्म निर्माण भइरहेको हो।

Laxmi bank
Laxmi bank

‘ब्याटल अफ गलवान’ सन् २०२६ मा रिलिज हुने जनाइएको छ।

 

 

 





Read More