― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsनक्साल भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु – KhabarHost

नक्साल भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु – KhabarHost



२३ कात्तिक, काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार एक जनाको मृत्यु भएको हो ।

घाइते भएका दुइमध्ये एक जनाको मृत्यु भएको हो । उनीहरुलाई उद्धार गरेर उपचारका लागि लगिएकोमा एक जनाको मृत्यु भएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो ।

आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेषहरू हटाउन थालिएको थियो ।

सो क्रममा आज दुई जना गम्भीर घाइते भएको र एक जनाको मृत्यु भएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More