― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsसुशील श्रेष्ठ स्टारर एक्सनप्रधान ‘परिवर्तन’ को टिजर सार्वजनिक

सुशील श्रेष्ठ स्टारर एक्सनप्रधान ‘परिवर्तन’ को टिजर सार्वजनिक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सुशील श्रेष्ठ स्टारर एक्सन-ड्रामा ‘परिवर्तन’को टिजर छठ पर्वको अवसरमा सार्वजनिक गरिएको छ।
  • फिल्मले भ्रष्टाचार, बेथिती, अन्याय र अत्याचारको विरोध गर्दै युवाले देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश दिन्छ।
  • निर्माता दीपक शिवाकोटीले भने, ‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।’

काठमाडौं । सुशील श्रेष्ठ स्टारर प्रतीक्षित एक्सन-ड्रामा ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक प्रस्तुत गर्छ ।

सोमबार छठ पर्वको अवसरमा सार्वजनिक टिजरमा अभिनेता श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

भ्रष्टाचार, बेथिती, अन्याय र अत्याचारको विरोध गर्दै युवाले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश फिल्ममा छ ।

टिजर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथाकार दीपक शिवाकोटीले फिल्मले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए ।

उनले भने, ‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ ।’

विजय केरुङ निर्देशित फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीको अभिनय छ ।

शिवम अधिकारीको पटकथा लेखनमा बनेको फिल्ममा एसडी योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

‘परिवर्तन’ ९ माघदेखि प्रदर्शन तयारीमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More