― Advertisement ―

युक्रेनले अमेरिकाको अफ-द-सेल्फ ड्रोनहरू युद्धक्षेत्रको आविष्कार दौडको रूपमा सैन्य खरिद अघि छिटो अप्रचलित हुन सक्छ

प्रणालीमा परिमार्जित युक्रेनले मानक आउट भन्छ लडाई।एआई-सहयोगित ड्रोनहरू सयौं किलोमिटर टाढाको लक्ष्यमा पुगिरहेका छन्।इलेक्ट्रोनिक युद्धले ड्रोन सञ्चार प्रणालीमा निरन्तर परिवर्तन गर्न बाध्य पार्छ।युक्रेनले विस्तार...
HomeLatest newsहलिउड स्टुडियोअघि दीपक-दीपाको ‘टाइटानिक’ पोज – KhabarHost

हलिउड स्टुडियोअघि दीपक-दीपाको ‘टाइटानिक’ पोज – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कलाकार दीपाश्री निरौला, दीपकराज गिरी र जितु नेपाल अमेरिकामा आयोजित ‘छक्कापञ्जा टूर’मा व्यस्त छन्।
  • दीपाश्री र दीपकराजले लस–एन्जलसको युनिभर्सल स्टुडियोमा ‘टाइटानिक’को शीर्ष गीतमा रोमान्टिक भिडियो पोस्ट गरेका छन्।
  • दीपक-दीपा चाँडै छायांकनमा जाने फिल्मको तयारीमा छन् र २०८३ सालको दशैंमा फिल्म ल्याउने घोषणा गरिसकेका छन्।

काठमाडौं । कलाकार दीपाश्री निरौला, दीपकराज गिरी, जितु नेपाल अहिले अमेरिकामा आयोजित ‘छक्कापञ्जा टूर’मा ब्यस्त छन् ।

दशैंअघि त्यता लागेका उनीहरू कार्यक्रमसँगै विभिन्न अमेरिकी सहरको घुमघाममा पनि रमाइरहेको देख्न सकिन्छ ।

केही साताअघि उनीहरू लस-एन्जलसस्थित प्रसिद्ध हलिउड स्टुडियो युनिभर्सलमा पुगे । वर्षेनी लाखौं पर्यटक पुग्ने यो थलो लस-एन्जलसको आकर्षक र पुग्नैपर्ने गन्तव्य पनि हो ।

त्यहाँबाट दीपाश्रीले दीपकराजसँगको रोमान्टिक भिडियो पोस्ट गरेकी छन् । उनीहरू बहुचर्चित र कालजयी फिल्म ‘टाइटानिक’को रुचाइएको एक पोजमा भिडियो खिचाएका छन् । पृष्ठभूमिमा सेलिन डियोनको टाइटानिकको शीर्ष गीत ‘माई हार्ट विल गो अन’ बजिरहेको छ ।

दीपाश्रीले टिकटकमा पोस्ट गरेको उक्त भिडियो वास्तवमै रोमान्टिक देखिन्छ । युनिभर्सल स्टुडियो अघि खिचिएको यो भिडियोमा उनीहरू रमाइरहेका छन् ।

‘टाइम फर हलिउड सङ’ लेख्दै दीपाश्री भिडियोमा हार्ट इमोज पनि राखेकी छन् । लस–एन्जलसबाहेक उनीहरूले न्यूयोर्क टाइम्स स्क्वायरको फोटो पनि पोस्ट गरेका छन् ।

कामको कुरा गर्दा, दीपक-दीपा चाँडै छायांकनमा जाने एक फिल्मको तयारीमा जुट्नेछन् । २०८३ सालको दशैंमा फिल्म ल्याउने घोषणा दीपकले गरिसकेका छन् ।

@deepashreeniraula time for hollywood song ❤️@Deepak raj giree #deepashreeniraula #foryou #tiktokviral ♬ My Heart Will Go On (Love Theme from “Titanic”) – Céline Dion

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More