― Advertisement ―

यो सानो AMD PC ले भर्खरै ठूलो 397B AI मोडेल चलाएको थियो जसलाई एक वर्ष पहिले GPUs भरिएको सर्भर कोठा चाहिन्छ।

AMD को Ryzen AI Halo भर्खरै $ 4,000 मा बिक्रीमा गयो, जसले रोचक Nvidia को थोरै मूल्यवान DGX स्पार्क अफरसँग कसरी तुलना गर्छ...
HomeLatest newsसुनसरीमा पतिले लगाए पत्नीमाथि पेट्रोल छर्किएर आगाे

सुनसरीमा पतिले लगाए पत्नीमाथि पेट्रोल छर्किएर आगाे


राष्ट्रिय

समाचार.

  • सुनसरीको दुहबी–३ मा मुस्तफा सेखले घरायसी विवादमा श्रीमती खुस्बु खातुनलाई पेट्रोल छर्केर आगो लगाएका छन्।
  • खुस्बुलाई प्राथमिक उपचारपछि विराटनगरस्थित पारस अस्पताल लगिएको छ।
  • मुस्तफा सेखलाई श्रीमतीलाई आगो लगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

१० पुस, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् ।

बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टाेलीले खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको थियो ।

सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घाइते खातुनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।

श्रीमतीलाई आगो लगाएकाे आराेपमा मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More