― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsनेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा



१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् ।

बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् ।

‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

यसअघि आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More