― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeराष्ट्रिय समाचारसुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले गरे जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार (भिडियो)

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले गरे जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार (भिडियो)



१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न महेन्द्रनगर पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ ।

भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा उनीहरूबीच भनाभन भएको हो ।

सञ्जालमा सार्वजनिक भएको भिडियोमा रावलले भण्डारीमाथि आक्रोश पोखेको देखिन्छ । उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् ।

जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै उनले आयोगका सदस्यमाथि आक्रोश पोखेको भिडियोमा देखिन्छ ।

नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख लगायतका सरोकारवालाहरूसँग आयोगले छलफल आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा आफूलाई निम्तो नभएको तर जानकारी पाएपछि आफू त्यहाँ पुगेको रावलले अनलाइनखबरसँग भनेका छन् ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका अन्य दुई सदस्यहरू देशदौडाहमा छन् । उनीहरू जेनजी आन्दोलनको क्षतिबारे सूचना संकलन गर्न हिँडेका हुन् ।

यसैक्रममा भण्डारी बिहीबार महेन्द्रनगर पुगेको थिए । त्यहीँ उनीहरूबीच भनाभन भएको हो ।

‘मलाई त निमन्त्रणा थिएन । मैले बाहिरबाटै थाहा पाएपछि के रहेछ भन्ने लागेर नगरपालिकामा पुगेको थिएँ,’ रावलले अनलाइनखबरसँग भने, ‘सरोकारवालासँग छलफल भनिएको थियो । खास सरोकारवाला हामी थियौं, हामीलाई नै खबर थिएन ।’

रावलका अनुसार, उनीसँग प्रतिवाद भएपछि उक्त साक्षात्कार कार्यक्रम नै अगाडि नबढेको उनले बताए ।

 जाँचबुझ आयोगको टोलीमा गएका एक सहभागीका अनुसार, राजेन्द्र रावलले घरमा जाँदा राम्रै व्यवहार गरेका थिए । तर पछि बैठकमा बोल्ने बोल्ने क्रममा उनी आवेगमा आउने र जथाभावी बोल्ने गर्न थाले ।
‘आयोगका सदस्यमाथि हातपात भएको वा अरु त्यस्तो केही होइन, तर रावलजीले जथाभावी बोल्ने र मौखिक दुर्व्यवहारको तहमा प्रस्तुत हुनुभयो । उहाँको स्वभाव नै त्यस्तै हो भनेपछि थप केही कुरा गरिएन ।’

यस्तो देखिन्छ उनीहरूबीचको सवालजवाफ:

रावल : यू आर गेट लस्ट ।

भण्डारी : ह्वाट डु यू मिन बाइ लस्ट ?

रावल : आई मिन, आई नो । ब्वाट आर यू डोइङ ? (स्टेजमा चढ्दै…) अपराधीहरूलाई लुकाएर, घर जलाएर हिँड्ने ?

भण्डारी : मैले जलाएको हो तपाईंको घर ?

रावल : तपाईंहरू पनि हो । बढ्ता कुरा गर्ने ? मेरा बालबच्चाहरूको हालत देख्नुभएको छ ? अहिले नाटक देखाउने आएको ? मेरो पार्टी कार्यालय भवन आगो लगाउँदा तपाईं तमासा देखाउन आएको यहाँ ? अहिले तपाईं राज्यको तर्फबाट नाटक देखाउन आउने ? तपाईंहरू अपराधी हो । यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आएको हो तपाईंहरू । याद गर्नुहोला, मान्छेको फेला पर्नुभएको छैन तपाईंहरू । म क्लियर मान्छे हुँ । राज्यको कोषको दुरुपयोग गरेर आउनुभएको छ ।

भण्डारी : यहाँ सुन्नुस्….

रावल : केही सुन्दिनँ ।

उक्त घटनाबारे हामी पूर्वमुख्यमन्त्री रावलसँग सोधखोज गरेका थियौं ।

उनले भनेका छन्–

उहाँले जानकारी सबै स्टेक होल्डरलाई बताउनुपर्थ्यो । उहाँले पूर्व जानकारी पनि दिनुभएन । सरोकारवालालाई बोलाएको भन्नुभयो । घर जलेका मान्छे हामी छौं । फिल्डमा घुमेको जस्तो गर्ने । अकस्मात घरभित्र छिर्ने, सरकारी कर्मचारीलाई उर्दी लगाएर त्यहाँ अफिसमा बसेका थिए । सीडीओले नै बताएपछि त्यहाँ जानुपर्ने भयो भनेर हामी गयौं ।

सबै कर्मचारीलाई राखेर उहाँ बसिराख्नुभएको थियो । तपाईंहरू यहाँ के हेर्न आउनुभएको हो भनेर मैले प्रश्न गरेँ । सिंहदरबार जल्दा, प्रहरीका बर्दी जल्दा, हतियार लुटिँदा के हेर्नुभयो ? हाम्रा घरमा खरानी हेर्न आउनुभएको हो कि के गर्न आउनुभएको ? भनेर मैले प्रश्न गरेँ । उनी अंग्रेजी बोल्न थाले । म पनि अंग्रेजी बोल्न जान्दछु । अनि मैले पनि प्रतिवाद गरेँ ।

त्यसभन्दा अगाडिको कन्टेक्स के थियो भने, मैले तपाईंहरू अवैधानिक रुपमा आउनुभएको, अवैधानिक सरकारबाट आउनुभएका अवैधानिक सदस्य हो । अवैधानिक आयोग हो । हाम्रो बच्चाहरूको अवस्था बुझ्नुभएको छ । पार्टीका भवन जले त्यतिबेला कहाँ हुनुहुन्थ्यो ? हामीले बाँच्न पाउने अधिकार छ कि छैन ? हामीले चोरी डकैती गरेर बनाएको घर हो र ?

तपाईंहरू देशद्रोही भएर यहाँ किन आउनुभएको ? नाटक मञ्चन किन गर्न आएको भनेर मैले प्रश्न राखेँ ।

मलाई त बोलाइएकै थिएन । नगरपालिकामा के कस्तो भएको रहेछ सोध्न गएको थिएँ । त्यो पत्रमा सरोकारवाला भनेर लेखेको रहेछ । तर हामी चाहीँ सरोकारवाला हौं । हामीलाई खबर नगरी नाटक मञ्चन गरिएको थियो । मेरो घर जलेको थियो, मलाई नै खबर छैन । त्यो मलाई मन परेन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More