― Advertisement ―

Homeखेलकुद़़क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, प्रवेशका लागि जर्सी किन्नुपर्ने

क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, प्रवेशका लागि जर्सी किन्नुपर्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पोखरा एभेन्जर्सले नोभेम्बर ७ मा पोखरा रंगशालामा ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नेपथ्य ब्यान्डको कन्सर्ट आयोजना गर्ने भएको छ।
  • कन्सर्टमा प्रवेशका लागि टिकट छैन, तर नेपथ्यको वेबसाइटबाट जर्सी किन्ने पहिलो १ हजार समर्थकले ९९९ रुपैयाँमा प्रवेश पाउनेछन्।
  • कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने योजना छ ।

१३ कात्तिक, पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगितिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रंगशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो ।

क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । ‘कन्सर्ट प्रवेशका लागि टिकट राखिएको छैन’ अध्यक्ष त्रिपाठीले भने, ‘पोखरा एभेन्जर्सको जर्सी किन्ने समर्थकहरुले कन्सर्टमा प्रवेश पाउनेछन् । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’

कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेबसाइटबाट जर्सी खरिद गर्न सक्नेछन् । पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४९९ हो । तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी दिने निर्णय गरेको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने उद्देश्य राखिएको छ ।

मंसिर १ गतेबाट सुरु हुने एनपीएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ । मंगलबार पोखरामा ट्रफी प्रर्दशन गर्ने क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ५० वर्ष अगाडीको पोखरामा खेलकुदको लागि केही पूर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रंगशालाले खेलाडी र खेलप्रेमीमा ऊर्जा थपेको बताए ।

‘नेपालको क्रिकेट जुन लेभलमा छ, त्यो गौरव गर्न लायक छ । अबको तयारी र खेलहरु वल्र्डकप जित्ने लक्ष्यसहित हुनुपर्छ । हाम्रो शुभकामना छ’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More