― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsसहलेश युथ क्लब बेलबारी गोल्डकपको फाइनलमा – KhabarHost

सहलेश युथ क्लब बेलबारी गोल्डकपको फाइनलमा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिराहाको सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गीय एन.बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
  • शुक्रबार भएको सेमिफाइनल खेलमा सहलेश युथ क्लबले भोजपुर फुटबल संघलाई १-० गोल अन्तरले पराजित गरेको छ।
  • फाइनलमा सहलेशले बि डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

३१ असोज, काठमाडौं । सिराहकाे सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।

शुक्रबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सहलेश युथ क्लबले भाेजपुर फुटबल संघलाई १-० गाेल अन्तरले स्तब्ध बनायाे । खेलकाे अन्तिम मिनेटमा सहलेशका सुजन डंगाेलले गाेल गर्दै टिमलाई विजयी बनाए ।

जितसँगै सहलेशले फाइनलमा बि डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेडसँग उपाधिका लागि भिड्नेछ ।

प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।





Read More