― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsसुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते

सुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते


सुन पसलमा छापा हान्न आएका प्रहरीलाई लखेट्दै व्यवसायी ।



१ कात्तिक, जनकपुरधाम । तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । यता झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाय फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको हो ।

जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले संचालन गरेको ज्वेलर्समा राति ८ बजे विशेष सूचनाको आधारमा सिभिलमा प्रहरी पुगेका थिए ।

डिएसपी बमका अनुसार ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । प्रहरी टोली डिएसपी बमकै कमाण्डमा पुगेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन् ।

धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ । उनी बिहीबार नै हिँडिसकेका छन् । डिएसपी बम पनि धनुषामा सरुवा भएर आएको चार दिन मात्र भएको छ ।

डिएसपीका अनुसार ७ किलो चाँदी बरामद सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई समेत बोलाएर मुचुल्का गर्न खोजेपछि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पुगे । उनले लैजान नदिने अडान कसे । उनीसहित व्यवसायीहरु प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको प्रहरीको भनाइ छ ।

‘हामीले विलविजक खोज्यौं । केही थिएन । हामीले सात किलो चाँदी बरामद गरेर लग्न सुनचाँदी व्यवसायी संघको नेतृत्वलाई बोलायौं । मुचुल्का हुने कुरा हुँदै थियो’, डिएसपी बमले भने, ‘तर सुरेन्द्र भण्डारी आएपछि उच्सृंखल शैलीमा पुलिसलाई खेदौं भनेर आक्रमक भएर हातपात गर्न थाल्नुभयो । त्यसपछि अलिकति झडप भयो ।’

यता उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको आक्रोश पोखे । उनका अनुसार पहिला कालीगढकै काम गर्ने संजय ठाकुरले भर्खरै नयाँ ज्वेलर्स खोलेका छन् । त्यहाँ अरुले दिएको सुनचाँदीको पनि उनले गहना बनाउने गर्छन् । पसलमा सुरुमा एकजना प्रहरी सिविल पोसाकमा पायल बनाउने बहानाले आए । यसरी पाँचजना प्रहरी सिभिलमै पुगेपछि सबै चाँदी दिन भने । यसरी चाँदी प्रहरीले लग्न खोजेपछि अवस्था विग्रिएको महासचिव पण्डितको भनाइ छ ।

‘पाँचजना सिविल ड्रेसको प्रहरीपछि २०–२५ जना प्रहरी फेरि आएर चाँदी लैजान खोजे । यो कुरा व्यवसायीहरुलाई थाहा भयो । व्यवसायीहरु पुगेर धनतेरशको पूर्वसन्ध्यामा यसो किन गर्नुभयो भनेपछि प्रहरीले एकाएक लाठीचार्ज गर्न थाल्यो । त्यसपछि प्रहरीले हवायफाइर र अश्रुग्यास पनि प्रहार गर्यो,’ महासचिव पण्डितले भने । उनका अनुसार त्यही क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष घाइते भएका हुन् ।

प्रहरीले धनतेरशको पूर्वसन्ध्यामा आतंक सिर्जना गरेकाले उनीहरुलाई कारबाही नभए उद्योग वाणिज्य संघ कडा आन्दोलनमा जाने चेतावनी उनको छ ।

छापा मार्न पुगेका प्रहरी भने अन्य निकायसँग समन्वय भने गरेको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छापामारेको विषयमा औपचारिक रुपमा प्रहरीले जानकारी नगराइ गरेको बताए ।

‘यो विषयमा मलाई थाहा छैन । राजश्व अनुसन्धानबाट समन्वय गरेर सूचना लिएर प्रहरी गएको हामीले सुनेका छौं । मलाई उहाँहरुले जानकारी गराउनु भएको छैन’, सिडिओ आचार्यले भने, ‘समन्वय गर्दा राम्रै हुन्थ्यो । सशस्त्र प्रहरी पनि जान्थ्यो गरेको भए राम्रै हुन्थ्यो’

डिएसपी बलमे भने राजश्व अनुसन्धान विभाग पथलैयाबाट समन्वय गरेपछि मात्र छापा मार्न पुगेको बताएका छन् । ‘राजश्व छलेर चाँदी ल्याएर विक्री गररहेको इनफरमेसन अएको थियो । हामीले राजश्व अनुसन्धान विभाग पथलैयालाई संयुक्त रुपमा छापा मार्न आग्रह गरेका थियौं । त्यहाँबाट तपाईंहरुले नै अनुसन्धान गरे हुन्छ भनेपछि हामी पुगेका थियौं’, डिएसपी बमले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More