― Advertisement ―

HomeLatest newsसरकारका प्रवक्ता भन्छन्– कांग्रेस विवादले निर्वाचन सर्दैन

सरकारका प्रवक्ता भन्छन्– कांग्रेस विवादले निर्वाचन सर्दैन


राष्ट्रिय

समाचार.

  • सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचन यताउता नहुने स्पष्ट पारेका छन्।
  • उनले भने, ‘निर्वाचन गर्ने जिम्मेवारी सरकार मात्र होइन, निर्वाचन आयोग र राजनीतिक दलको पनि हो।’
  • निर्वाचन आयोगको निर्णयको पर्खनुपर्ने र आयोगको अधिकारको विषय भएको उनले उल्लेख गरे।

२ माघ, काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचन नसर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले कांग्रेस विवादले निर्वाचन र मनोनयनको मिति सर्छ भनेर सोधेको प्रश्नको जवाफमा प्रवक्ता खरेलले निर्वाचन नसर्ने बताएका हुन् ।

‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्योभन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ,’ उनले भने, ‘ निर्वाचन गर्ने र गराउने जिम्मेवारी भनेको सरकारको मात्रै होइन । निर्वाचन आयोगको हो । राजनीतिक दलको हो । अरू सरोकारवाला पनि छन् । चुनाव यताउता हुँदैन ।’

उनले अन्य कुरा भने निर्वाचन आयोगको अधिकारको विषय भएको भन्दै आयोगको निर्णयको पर्खनु पर्ने बताए ।

‘फागुन २१ को निर्वाचन यताउता हुँदैन । बाँकी निर्वाचन आयोगको जिम्मेवारी हो । उसको अधिकारको कुराहरूमा निर्वाचन आयोगकै निर्णय पर्खनुपर्‍यो,’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More