― Advertisement ―

HomeLatest newsश्रीलंकाली समकक्षीसँग प्रधानमन्त्रीको टेलिफोन वार्ता

श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्रीको टेलिफोन वार्ता



१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरिन् ।

नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरेकी हुन् ।

सो क्रममा उनले भनिन्, ‘हामीकहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।’

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ । त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरुसँगै छौँ ।’

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएका थिए ।

दुवै देशका प्रधामन्त्रीबीच आज बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More