― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsपहिलो ५ वर्ष एउटै सरकार टिकेको मधेश अहिले बन्यो अस्थिरताको विम्ब

पहिलो ५ वर्ष एउटै सरकार टिकेको मधेश अहिले बन्यो अस्थिरताको विम्ब


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेशमा दोस्रो कार्यकालमा तीन महिनामा तीनवटा सरकार ढलेका छन् र पाँचौं सरकार बन्ने तयारी भइरहेको छ।
  • नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो तर सर्वोच्चको आदेशपछि उनले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका छन्।
  • प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दलहरूलाई दावी पेश गर्न आह्वान गरेका छन् र दलहरू छलफलमा छन्।

१७ मंसिर, जनकपुरधाम । ३ असोज २०७२ मा संविधान जारी भएपछिको पहिलो निर्वाचनले २०७४ मा मुलुकमा सात प्रदेश सरकार दियो ।

पाँच वर्षका लागि निर्वाचित भएका प्रदेश सभा सांसदहरूका काँधमा स्थिर सरकार दिएर संघीयता कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने अभिभारा थियो । तर, मधेश र सुदूरपश्चिमबाहेक अरु सबै प्रदेश यो अभिभारा पूरा गर्न चुके ।

केन्द्रमा भएका सबैखाले राजनीतिक उलटफेरमा पनि मधेश सरकार पाँच वर्ष स्थिर भएर बस्यो । विडम्बना दोस्रो कार्यकालमा आएर भने मधेश सबैभन्दा अस्थिर सरकार भएको प्रदेश बन्न पुगेको छ ।

केन्द्रमा चलिरहेको पार्टी एकीकरण र टुटफुटले मधेशको सत्तासमीकरण उलटफेर बनाएको छ । मधेशमा पछिल्लो तीन महिनायता मात्र तीनवटा सरकार ढलेका छन् ।

पहिलो कार्यकाल भने यस्तो थिएन । त्यसबेला केन्द्रमा भएका दलहरूभित्रका बिग्रहले मधेशमा जसपा नेपाल नेतृत्वका मुख्यमन्त्री लालबाबु राउतमाथि कुनै संकट ल्याएको थिएन ।

थुप्रै पटकका राजनीतिक हलचल मधेशमा आयो । राउत नेतृत्वको सरकारमा एमाले बाहेकका दलहरू पालैपालो सहभागी भए र बाहिरिए । प्रदेशको नामाकरण पहिचानको आधारमा गर्ने र जनकपुरधामलाई राजधानी कायम गराउने महत्वपूर्ण निर्णय राउत नेतृत्वको सरकारले गर्‍यो ।

जसपा एक्लैसँग स्पष्ट बहुमत थिएन । ४२ सिटसहित सबैभन्दा ठूलो दल थियो । तर, उसैको नेतृत्वमा अन्य दल सरकारमा आउने जाने गरिरहे ।

४ मंसिर २०७९ मा दोस्रो प्रदेश निर्वाचन भयो । त्यसको परिणामले पनि कुनै दललाई स्पष्ट बहुमत दिन सकेन । १०७ सदस्यीय मधेश प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित सबैभन्दा ठूलो दल बन्यो । कांग्रेस २२, जसपा नेपाल १९, जनमत १३, नेकपा माओवादी केन्द्र ९, लोसपा ९, नेकपा एकीकृत समाजवादी ७ सांसद लिएर प्रदेश सभा पुगे । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको पनि एक एक सांसद निर्वाचित भए ।

पहिलो कार्यकालमा ४२ सांसदसहित पहिलो द लबनेको जसपा १६ सांसद भएको तेस्रो दलमा खुम्चियो । पछि केही स्वतन्त्र सांसदहरू समाहित गर्दै १९ सिट त पुग्यो तर तेस्रो स्थानबाट माथि उक्लिन सकेन । मधेशलाई नै मुख्य राजनीतिक थलो बनाएको अर्को दल लोसपा झन् कमजोर अवस्थामा आयो ।

मधेश प्रदेश सभाको यो अंकगणितले सरकार बनाउन कम्तीमा तीन दल मिल्नैपर्ने अवस्था बन्यो । यस्तोमा जसपाले पुन: दोस्रो कार्यकालको प्रारम्भिक सरकारको पनि नेतृत्व लिन सफल भयो ।

२०७९ को चुनावी परिणामपश्चात एमाले, जसपा र जनमतसहितको दलको गठबन्धन बन्यो । भागवण्डा गरेर जसपाले सरकारको नेतृत्व, एमाले सभामुख र जनमतले उपसभामुख रोजे । एमालेका रामचन्द्र मण्डल सभामुख बने र जनमतका बबिता राउत इशर उपसभामुख ।

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा सरकारको गठबन्धन फेरबदलको असर प्रदेशमा पनि परिरह्यो जसका कारण मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत लिनुपर्‍यो ।

केन्द्रीय समीकरण परिवर्तन हुँदा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकार छाड्दै समर्थन फिर्ता लिए । पाँचौंपटक २३ जेठ २०८१ मा सदनमा विश्वासको मत लिँदा उनले विश्वासको मत गुमाउन पुगे । पक्षमा मात्र ५० मत पर्‍यो भने विपक्षमा ५३ मत ।

१७ महिना उनको कार्यकालमा कर्मचारी सरुवा बढुवा र नियमित गर्न पर्ने काम बाहेक खासै उपलब्धिमूलक रहेन । विगत झै योजनामा अपरादर्शीता रह्यो । अवैध रकमान्तर जस्ता विकृति बढ्यो । गौरवका योजनाको काम अलपत्र रह्यो ।

मुख्यमन्त्री नियुक्तिको एक महिनापछि २१ माघ २०७९ मा प्रदेश सभाको पाँचौं वार्षिकोत्सवमा मुख्यमन्त्री यादवले सरकार बुलेट रेल भन्दा पनि तीव्र गतिमा काम गर्ने उद्घोष गरे पनि कामकारबाही सुस्त गतिमा रह्यो । भागवण्डा मिलाउन १० मन्त्रालयलाई ११ वटा बनाए ।

जसपा नेपाल नेतृत्वको सरकार ढलेपछि २५ जेठमा जनमतको नेतृत्वमा सरकार बन्यो । जनमतका अध्यक्ष डा. सीके राउत दलका नेता महेशप्रसाद यादवलाई पन्छाएर सतिशकुमार सिंहलाई मुख्यमन्त्रीका लागि अघि सारे ।

संविधानको धारा १६८ कै २ बमोजिम प्रदेश सांसद सिंह एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भए ।

जेनजीको आन्दोलनको क्रममा २३ भदौमा सरकारबाट आन्दोलनकारीमाथि बर्बर दमन भयो । त्यसको प्रतिरोधमा केही दलले आफ्ना दलका सांसदलाई सामूहिक राजीनामा गर्न लगाए ।

मुख्यमन्त्री सिंहले जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जालमार्फत् राजीनामा घोषणा गरे । तर, परिस्थिति सामान्य बन्दै गएपछि प्रदेश प्रमुख समक्ष राजीनामा पेस गरेनन् । अवस्था समान्य बनेपछि मुख्यमन्त्री सिंह राजीनामा नदिने अडानमा देखिए ।

पार्टीले दबाब दिँदै राजीनामा गर्न निर्देशन दिँदा पनि उनी तयार भएनन् । त्यसपछि पार्टीले नै उनको समर्थन फिर्ता लियो । तर पनि ठूलो दल एमाले, कांग्रेस र सरकारमा रहेका लोसपाले उनलाई काँध थापिरहे ।

पछि कांग्रेस र एमालेले सरकार छाड्दै समर्थन फिर्ता लिए । असोज २८ गते विश्वासको मत लिने बहानामा सदनमा आफ्ना धारणा राख्दै सिंहले पदबाट राजीनामा घोषणा गरे । उनको कार्यकाल झण्डै १६ महिना चल्यो ।

२५ जेठ २०८१ म पदभार ग्रहण गर्दै मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्नो प्रमुख प्राथमिकत हुने घोषणा गरेका थिए । प्रत्‍येक जिल्लामा नमुनाको रूपमा १/१ वटा खुला शैक्षिक पार्क निर्माण, आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन गर्ने, वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने जस्ता महत्वकांक्षी ९ निर्णय उनको पालामा भएका थिए ।

सुरुमा राम्रो प्रयास भए पनि उनको पालोमा झिनो पनि सुशासन कायम हुन सकेन । झन् भ्रष्टचार जन्य क्रियाकलापले प्रश्रय पायो । दुईपटक बनाएको बजेट नै चरम विवादित रह्यो । वडा कार्यालयमा जानु पर्ने योजनाका चिठी मन्त्रालयहरूमा ल्याएर कमिसनमा बिक्रीवितरण भएको कुराहरू सतहमै आएको थियो ।

उपभोक्ता समिति मार्फत काम नगर्ने नीति ल्याएका उनले आफैं पछाडि हटेर सदनबाट संकल्प प्रस्ताव मार्फत बाटो समेत खोले । उनको पालामा प्रत्येक क्षेत्रमा पाँच किलोमिटर पक्की सडक निर्माणले भने निरन्तरता पायो ।

सुरुमा स्वास्थ्य संस्थाहरूको नियमन हुँदा सुधार भए पनि पनि पछि उही अवस्था रह्यो । यद्यपी, आफ्नो कार्यकालमा सबभन्दा बढी बजेट खर्च भएको उनले उपलब्धि भनेर प्रचार गरिरहेका छन् ।

सतिशको सरकार ढलेपछि असोज २९ गते लोसपा सांसद जीतेन्द्र सोनल जसपासहित ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादीको उनलाई सर्मन थियो ।

उनी नियुक्त भएकै दिन जनमत विभाजनको असर देखियो । प्रदेश सांसद रहेका पूर्वमन्त्री सतिश सिंह र त्रिभुवन साह जनमत छाडेर निर्वाचन आयोगमा नयाँ दर्ता गरिएको जनस्वराज पार्टीमा लागे ।

पदभार ग्रहण गर्ने दिन कात्तिक ३० गते जसपाका प्रदेश सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा परे । उनी निलम्बित भए । कात्तिक २२ मा विश्वासको मत लिन बसेको सदनमा सत्ता गठबन्धन जनमतका सतिश सिंह र त्रिभुवन साह अनुपस्थिति भए ।

माओवादी केन्द्रका सांसदहरू रहबर अन्सारी र माला रायले पार्टी ह्वीप उलंघन गर्दै विश्वासको मत नदिने भन्दै विद्रोह गरे । यसपछि बहुमत जुटाउन असमर्थ हुने देखर सोनलले राजीनामा घोषणा गरे ।

एमालेको चलखेल

दलहरू पुन: संविधानको धारा १६८ को २ बमोजि प्रदेश प्रमुखबाट सरकार गठनको लागि आह्वान हुने बाटो कुरिरहेका थिए । आफ्नै सभामुख र प्रदेश प्रमुख रहेको मौका छोपेर ठूलो दल एमाले चलखेलमा लाग्यो । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भए ।

प्रदेश प्रमुख भण्डारीले आफू बिरामी भएकाले उपचार गर्न काठमाडौं जाने भन्दै प्रदेश राजधानीबाट निस्किइन् । तर, उपचार बहाना मात्र थियो भन्ने भोलिपल्ट खुल्यो । किनभने, बिहान ४ नबज्दै उनले बर्दिबासको कालापानीस्थित पानस कटेजमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहणसमेत गराएको फोटो सार्वजनिक भयो ।

त्यस घटनाले मधेश तरंगित बन्यो । सातदलीय गठनबन्धन बनाएर दलहरूले एमालेविरुद्ध आन्दोलन तताए । मधेश अशान्त बन्यो । कर्मचारीमाथिसमेत हातपात भयो । सांसदहरू नै पनि कुटपिटमा निस्किए । सडकमा धर्ना, चौरमा प्रदेश सभा सञ्चालन जस्ता गतिविधि देखिए ।

मुख्यमन्त्री यादवविरुद्ध सात दलीय गठबन्धनका ७३ सांसद सर्वोच्च अदालत पुगे र  २५ कार्तिकमा रिट दर्ता गराए । यादवको नियुक्ति खारेजीको माग गर्दै त्यसअघि नै पनि सर्वोच्चमा कानुन व्यवसायीले रिट दर्ता गराइसकेका थिए ।

तीनवटै रिटमाथि सोमबार अन्तिम सुनुवाइ थियो । सर्वोच्चले यादवलाई २४ घण्टा भित्र प्रदेश सभामा विश्वासको मत लिन तथा प्रदेश प्रमुखलाई मुख्यमन्त्री यादवले विश्वास प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम अर्को सरकार गठनको प्रक्रिया अघि बढाउन परमादेश जारी गर्‍यो ।

सोहीअनुसार बुधबार प्रदेश सभा बैठक बोलाइयो । जहाँ मुख्यमन्त्री यादवले विश्वासको मत पाउने कुनै सम्भावना थिएन । विपक्षी गठबन्धनका सांसदहरू सदनमा उनको सम्बोधनसमेत सुन्न नचाहँदै सभा बहिस्कार गरेर बाहिरिएका थिए ।

यस्तोमा आफ्ना धारणा राखेर मुख्यमन्त्री यादवले राजीनाको घोषणा गरे । केहीबेरपछि प्रदेश प्रमुखसमक्ष पुगेर राजीनामा पत्र बुझाए ।

बुधबारै उनको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

अब बन्ने सरकार मधेशमा दोस्रो कार्यकालको पाँचौं सरकार हुने छ । दलहरू सरकार गठनको लागि आपसी छलफलमा जुटेका छन् । तर, कुनै पनि दलसँग पर्याप्त सांसदको समर्थन अहिलेसम्म देखिएको छैन । त्यसैले पाँचौं सरकार पनि अस्थिर बन्ने हो कि भन्ने चिन्ताले सिंगो मधेशका नागरिक पिरोलिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More