राष्ट्रिय
समाचार.
- शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको नाफाबाट ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश समावेश छ।
- कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
२ पुस, काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत रकम कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।
कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ हाराहारीमा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

