― Advertisement ―

प्लास्टिकको फोहोरले चाँडै विमानलाई इन्धन गर्न सक्छ किनभने अनुसन्धानकर्ताहरूले नयाँ रिएक्टर प्रणाली प्रयोग गरेर खारेज गरिएका सामग्रीहरूबाट सस्तो जेट इन्धन विकास गर्छन्।

हामीलाई सीधै jet मा रूपान्तरण गर्न सकिन्छ। इन्धनएउटा ट्यान्डम रिएक्टर प्रणालीले प्लास्टिकलाई ४६० डिग्री सेल्सियसमा तोड्छरुथेनियम उत्प्रेरक साइटहरूले व्यावसायिक विकल्पहरू भन्दा धेरै राम्रो चयनशीलता...
HomeLatest newsचाँदीको भाउमा नयाँ रेकर्ड, नाघ्यो ४ हजार – KhabarHost

चाँदीको भाउमा नयाँ रेकर्ड, नाघ्यो ४ हजार – KhabarHost


राष्ट्रिय

समाचार.

  • बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेर पहिलो पटक ४ हजार नाघेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ एकैदिन १७० रुपैयाँले बढेको जनाएको छ।
  • सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ।

२ पुस, काठमाडौं । बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।

अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । एक सातामै चाँदीको भाउमा नयाँ रेकर्ड बनेको हो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।





Read More