― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
Homeव्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटीमा – KhabarHost

व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटीमा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • २०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा तिहारको अवसरमा रिलिज भएको छ।
  • दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी लगायतबाट फिल्म हेर्न सक्नेछन्।
  • निर्देशक विराज भट्टले कथा लेखेका फिल्ममा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई लगायत कलाकारको अभिनय छ।

काठमाडौं । विराज भट्टको ’१२ गाउँ’ ओटीटी प्लेटफर्म ’सिनेमाघर’मा रिलिज काठमाडौं । २०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

तिहार अवसरमा नेपाली ओटीटी ‘सिनेमाघर’ले फिल्म दर्शकमाझ ल्याएको हो । लक्ष्मीपूजाको अवसरमा सोमबार बेलुका फिल्म रिलिज गरियो ।

दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट प्लाटफर्ममा फिल्म हेर्न सक्नेछन् । गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमा घर एप डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ ।

वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि यो फिल्म हेर्न सकिने सुविधा रहेको प्रेषित विवरणमा उल्लेख छ ।

विराज भट्ट निर्देशित फिल्ममा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला लगायतको अभिनय छ ।

कथा स्वयं निर्देशक समेत रहेका भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले लेखेका हुन् । द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन् ।

‘तिहार माहोलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लाटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ’ सिनेमाघरले विज्ञप्तिमा भनेको छ ।

यसअघि उक्त एपमा ‘पिताम्बर’, ’होस्टेल ३’, ’गाउँ आएको बाटो’, ’फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ फिल्म रिलिज भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More