― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeइन्दु र हेलिशा बने ‘फेस अफ द राइनोज’ – KhabarHost

इन्दु र हेलिशा बने ‘फेस अफ द राइनोज’ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र बागमती प्रदेशकी क्रिकेटर हेलिशा गुरुङलाई नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि फेस अफ द राइनोज घोषणा गरिएको छ।
  • चितवन राइनोजले पहिलो संस्करणका मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ।
  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने छ।

४ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र बागमती प्रदेशकी क्रिकेटर हेलिशा गुरुङलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि फेस अफ द राइनोजका रूपमा घोषणा गरेको छ ।

टोलीले मंगलबार दुई खेलाडीलाई ‘फेस अफ द राइनोज’ घोषणा गरेको हो ।

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More