― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsविश्वविद्यालय मर्ज र विघटनको प्रस्ताव – KhabarHost

विश्वविद्यालय मर्ज र विघटनको प्रस्ताव – KhabarHost


राष्ट्रिय

समाचार.

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय स्थापना र सञ्चालान गर्ने मापदण्ड विधेयक परिमार्जन गर्न कार्यदल गठन गरेको छ।
  • कार्यदलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजक छन् र हालका तथा पूर्व उपकुलपतिहरू सदस्य छन्।
  • मापदण्ड विधेयकले कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने प्रस्ताव गरेको छ र विश्वविद्यालयमा बोर्ड अफ ट्रस्टी मोडेल लागू गर्ने योजना छ।

५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय स्थापना र सञ्चालान गर्ने मापदण्ड विधेयक परिमार्जन गर्न कार्यदल गठन गर्‍यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । उक्त कार्यदलमा अहिलेका र पूर्वउपकुलपतिहरूसमेत छन् ।

यो कार्यदलले विश्वविद्यालय स्थापना र सञ्चालना  सम्बन्धी मापदण्ड विधेयकलाई थप परिस्कृत गर्ने छ । ‘विधेयकलाई थप परिस्कृत गर्न कार्यदल गठन गरिएको हो । यसमा अहिले र पहिलेका उपकुलपतिहरू हुनुहुन्छ,’ अध्यक्ष अधिकारीले भने, ‘अब विधेयकमा के–के थप गर्ने भनेर छलफल अगाडि बढाउँछौँ ।’

शिक्षा मन्त्रालयले सुरुमा यो विधेयकलाई उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक बनाएको थियो । विधेयकमाथि राय सुझाव लिएर परिस्कृत बनाउन कानुन आयोग पठाइएको थियो । कानुन आयोग पुगेपछि यसलाई मापदण्ड विधेयक बनाइएको हो । यसमैमा अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने बुँदा थप गर्न लागिएको हो । शिक्षा मन्त्री महावीर पुनले पनि यही विधेयकलाई सुधार गर्न लागिएको बताए ।

‘उच्च शिक्षाको विधेयक छ । त्यही ड्राफ्टलाई सुधार गरेर विधेयक रूपमा लैजान पनि सकिन्छ,’ उनले भने । मन्त्री पुन विज्ञको सुझावको आधारमा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री रहने प्रावधान हटाउन चाहन्छन् । अब यसबारे गठित कार्यदलले काम गर्ने छ ।

मापदण्ड विधेयकमा के छ ?

केन्द्रीय र प्रदेश विश्वविद्यालयको परिकल्पाना

मापदण्ड विधेयकमा दुई प्रकारको विश्वविद्यालयको प्रस्ताव गरिएको छ । केन्द्रीय विश्वविद्यालय र प्रदेश विश्वविद्यालयको प्रस्ताव गरिएको हो । संघ सरकार र प्रदेश सरकारले विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न सकिने प्रस्तावित विधेयकमा भनिएको छ । जसमा आंगिक, सामुदायिक र निजी क्याम्पस रहने भनिएको छ ।

विश्वविद्यालय पदाधिकारी

सबै विश्वविद्यालयलाई एकरुपता बनाउनेगरी पदाधिकारी रहने प्रस्ताव विधेयकमा गरिएको छ ।

–कुलपति

–उपकुलपति

–शिक्षाध्यक्ष

–रजिस्ट्रार

–डीन

विधेयकको मस्यौदामा तीन वटा प्राज्ञिक पदको परिकल्पना गरिएको छ ।

–प्राध्यापक

–सहप्राध्यापक

–उपप्राध्यापक

कुलपति को हुने ?

प्रस्तावित विधेयकको दफा १९ मा कुलपतिको व्यवस्था गरिएको छ । जसमा कुलपति विश्वविद्यालयको प्रमुख पदाधिकारी हुने भनिएको छ । कुलपतिले संरक्षक परिषद्को बैठक र दीक्षान्त समारोहको अध्यक्षता गर्ने भनिएको छ । कुलपतिले विश्वविद्यालयको निरीक्षण र निर्देशन दिन सक्ने प्रस्ताव गरिएको छ । हाल धेरैजसो विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ । यसलाई हटाउने बहस चलिरहेको छ । प्राज्ञहरूले लामो समयदेखि प्रधानमन्त्री कुलपति हुँदा राजनीतिक हस्तक्षेप भएको र पदाधिकारी भागबन्डाको आधारमा नियुक्ति व्यथिति बढेकाले हटाउनु पर्ने आवाज उठाउदै आएका छन् ।

हालका शिक्षा मन्त्री महावीर पुनले यही विधेयकमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने तयारी गरेका छन् । तत्कालका लागि अध्यादेशबाट हटाउने अथवा राष्ट्रिय सभामा मापदण्ड विधेयक लैजाने योजना मन्त्री पुनको छ । यसमा अब गठित कार्यदलले निर्णय लिने छ ।

बोर्ड अफ ट्रस्टीको मोडेलमा विश्वविद्यालय लैजाने बहस चलिरहेको छ । ‘बोर्ड अफ डाइरेक्टर अथवा बोर्ड अफ ट्रस्टी गठन गर्न सकिन्छ । यही बोर्डले स्वच्छ कुलपति र अन्य पदाधिकारीहरू नियुक्त गर्ने चलन बसाल्यो भने राजनीतिक हस्तक्षेप कम हुँदै जान्छ,’ मन्त्री पुनले भने ।

निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्ति

प्रस्तावित विधेयकमा दलित, सिमान्तकृत, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न विद्यार्थीलाई उच्च शिक्षा निःशुल्क गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

निःशुल्क छात्रवृत्तिसहितको सिट सुरक्षित गर्नुपर्ने भनिएको छ । शहीद र बेपत्ता पारिएका व्यक्तिको छोरा छोरीको लागि पनि उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

विदेशी विश्वविद्यालयको कार्यक्र सञ्चालन

विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्न चाहनेले अनुमतिका लागि आयोगमा  निवेदन दिनुपर्ने भनिएको छ । फिल्ड निरीक्षण गरेर मापदण्ड पूरा भएमा सञ्चालन गर्न अनुमति दिन सकिने छ ।

विश्वविद्यालय गाभ्न र विघटन गर्न सक्ने

एउटा विश्वविद्यालय अर्कोमा गाभ्न सकिने प्रस्ताव गरिएको छ । गाभिन चाहने विश्वविद्यालय र गाभ्ने विश्वविद्यालयले संयुक्तरुपमा आयोगमा निवेदन दिनसक्ने प्रस्ताव गरिएको छ । सरकारले एक आपसमा गभिन स्वीकृत दिन सक्नेछ ।

प्रस्तावित विधेययकमा विश्वविद्यालय विघटन गर्न सकिने भनिएको छ । विश्वविद्यालय सञ्चालन हुन नसकेमा परिषद्को सिफारिसमा सरकारले विश्वविद्यालय विघटना गर्न सक्ने प्रस्ताव गरिएको छ ।

क्याम्पस र विद्यार्थी हस्तान्तरण

क्याम्पस र विद्यार्थी पनि एउटाबाट अर्कोमा हस्तान्तरणको प्रस्ताव गरिएको छ । कुनै एक विश्वविद्यालय अन्तर्गत सञ्चालित आंगिक वा सम्बन्धन प्राप्त क्याम्पसलाई अर्को विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनेगरी हस्तान्तरण गर्न सकिने प्रस्ताव गरिएको हो ।

त्यसैगरी एक विश्वविद्यालयको क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थी अर्को विश्वविद्यालयको क्याम्पस हस्तान्तरण हुन चाहेमा पाउने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकमा विश्वविद्यालय बनाउन हुनुपर्ने भौतिक संरचनामा जग्गा, भवन, छात्रावास र शैक्षिक कार्यक्रमको मापदण्ड पनि तोकिएको छ ।

काठमाडौं उपत्यकाभित्र कम्तिमा २ सय रोपनी जग्गा, पहाड र हिमालमा पाँच सय रोपनी र तराईमा ५० विगाह जग्गा हुनुपर्ने मापदण्डको प्रस्ताव गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More