― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsविशेष महाधिवेशनकै पक्षमा उदयपुर कांग्रेस, सहभागी हुन प्रतिनिधिलाई आह्वान

विशेष महाधिवेशनकै पक्षमा उदयपुर कांग्रेस, सहभागी हुन प्रतिनिधिलाई आह्वान



२४ पुस, काठमाडौं । नेपाली कांग्रेस उदयपुरले जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ ।

जिल्ला अध्यक्ष हिमाल कार्कीले बिहीबार विज्ञप्तिमार्फत् उदयपुरका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

‘कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा उपस्थिति र सक्रिय सहभागिताको लागि उदयपुर जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू साथै सम्पूर्ण तहमा रहनुभएका नेपाली कांग्रेसका अग्रज, साथीहरू एवम् शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।

सभापति कार्कीले महाधिवेशन प्रतिनिधिले विधिवत ढंगले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रुपमा सम्बोधन गरी विधि र पद्दतिलाई कार्यान्वयनतर्फ उन्मुख गराएको भन्दै महामन्त्रीद्वयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले २७-२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छ । महाधिवेशनका लागि विशेष पक्षधरले भुकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ ।





Read More