― Advertisement ―

Amazon CEO Andy Jassy द्वारा दिनको उद्धरण: ‘अनुभवको लागि कुनै कम्प्रेसन एल्गोरिथ्म छैन’ – जीवन र व्यवसायमा सर्टकटहरू बेवास्ता गर्ने बुद्धि।

Andy Jassy ले Amazon परिवार धेरै वर्षसम्म – JeWCE बाट O 2 CE को नजिकैको सेवा लिनु अघि – धेरै वर्षसम्म बेजोस २०२१ मा।...
HomeLatest newsकर्णालीमा आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेस-एमाको अपिल

कर्णालीमा आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेस-एमाको अपिल



२४ पुस, सुर्खेत । कर्णालीमा कांग्रेस–एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् ।

एमालेका केन्द्रीय सचिवसमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलको रोहबरमा बसेको एमाले र कांग्रेस कर्णालीको बैठकले आह्वान गरेको हो ।

नेपाली कांग्रेसले अन्यतर्फका ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिंह रखाललाई उमेदवार बनाएको छ । कांग्रेस–एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरेका छन् ।

गठबन्धनका उम्मेदवारलाई मत दिई विजय गराउन कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखहरू साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसै गरी, राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि समयमै मतदान स्थलमा उपस्थित हुन दुवै पार्टीको तर्फबाट पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बुधबार बेलुका बसेको बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी थिए ।

यसै गरी नेपाली कांग्रेसको तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More