― Advertisement ―

अन्तरिक्ष मिररहरू आउँदैछन् स्टार्टअप योजनाहरू विशाल उपग्रह नेटवर्कको रूपमा कृत्रिम डेलाइटलाई पृथ्वीको कक्षबाट तल ल्याउनको लागि।

सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्ने एपको FCC डिजाइन गर्न पृथ्वीस्टार्टअपले दिनको उज्यालो अवधि विस्तार गर्न सक्षम हजारौं कक्षीय ऐनाहरू योजना बनाएको छवैज्ञानिकहरूले चेतावनी दिए कि...
HomeLatest newsविराट गोल्डकपको हिसाब ८ महिनापछि सार्वजनिक – KhabarHost

विराट गोल्डकपको हिसाब ८ महिनापछि सार्वजनिक – KhabarHost



२७ कात्तिक, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता समापन भएको ८ महिनापछि आयोजकले हिसाब सार्वजनिक गरेको छ । बिहीबार प्रतियोगिता नाफामा रहेको हिसाब सार्वजनिक गरेको हो ।

गत फागुन १९ गतेदेखि २८ गते नवौ संस्करणको विराट गोल्डकप सञ्चालन भएको थियो ।

नवौं संस्करणको प्रतियोगिताको संयोजक उद्योगी नविन रिजालले प्रतियोगिताबाट करिब ३ लाख रुपैयाँ मुनाफा भएको बताए । सातौं र आठौ संस्करण भने घाटामा गएको थियो ।

विराटनगर फुटबल ट्रस्टले बिहीबार  पत्रकार सम्मेलन गर्दै २ लाख ९४ हजार ३७४ रुपैयाँ  मुनाफा भएको बताएको हो ।

संयोजक रिजालले टिकट बिक्री कम, प्रायोजकले प्रतिवद्धता अनुसार भुक्तानी नदिदा मुनाफा कम भएको बताए । नवौं संस्करणको गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी १ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More