― Advertisement ―

अन्तरिक्ष मिररहरू आउँदैछन् स्टार्टअप योजनाहरू विशाल उपग्रह नेटवर्कको रूपमा कृत्रिम डेलाइटलाई पृथ्वीको कक्षबाट तल ल्याउनको लागि।

सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्ने एपको FCC डिजाइन गर्न पृथ्वीस्टार्टअपले दिनको उज्यालो अवधि विस्तार गर्न सक्षम हजारौं कक्षीय ऐनाहरू योजना बनाएको छवैज्ञानिकहरूले चेतावनी दिए कि...
HomeLatest newsरवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश – KhabarHost

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश – KhabarHost



२७ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश भएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण भन्दै मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । अहिले फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

यसअघि लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले २६ साउनमा उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More