― Advertisement ―

पिट सिजन २ फाइनलमा फ्यानहरूको लागि स्टोरमा कम्तिमा ‘एउटा वास्तविक आश्चर्य’ हुनेछ, ताराले पुष्टि गर्दछ – किनकि डा. रोबीको परिवर्तनले नराम्रो मोड लिन्छ।

यदि म हरेक पटक एपिसोड हेर्न बस्दा तनावमा नपरेको भए, म रोएको थिएँ द पिट सिजन २ सकिन लागेको छ। हाम्रो मनपर्ने ER को...
Homeराष्ट्रिय समाचारविदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल गरेका छन्।
  • बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, प्रक्रिया र आवश्यक संयन्त्रबारे छलफल भएको छ।
  • विदेशमा मतदानका लागि कानुनी अवस्था, अन्य मुलुकको अनुभव र सुरक्षा चुनौतीबारे प्रारम्भिक छलफल गरिएको छ।

१६ कात्तिक, काठमाडौं। गृहमन्त्रालयमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।

आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठान बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने बिषयमा छलफल भएको हो ।

गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, मन्त्रालय अन्तर्गतको कानून महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा, डा. दिपक खड्का सहितको टोली सहभागी उक्त बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानून, र अन्य आवश्यकताकाबारे छलफल गरिएको स्रोतले बतायो।

स्रोतका अनुसार विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मूलुकको कार्यान्वयन अनुभव र चुनौतीहरू बारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको थियो।

बैठकमा आउट अफ कन्ट्री भोटिंग (OCV) का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो।

विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयका बारेमा समेत चर्चा भएको थियो।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More