― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeराष्ट्रिय समाचारप्रशासनको पत्रपछि जोगियो थापाथली ट्राफिक कार्यालय

प्रशासनको पत्रपछि जोगियो थापाथली ट्राफिक कार्यालय


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रपछि थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय भत्किनबाट जोगिएको छ।
  • काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय हटाउन डोजर पठाएको थियो।
  • जिल्ला प्रशासन कार्यालयले कार्यालय स्थानान्तरणमा समय लाग्ने भन्दै तत्काल नभत्काउन पत्राचार गरेको थियो।

१६ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रपछि थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय भत्किनबाट जोगिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै काठमाडौं महानगरपालिकाले प्रहरी कार्यालय आइतबार डोजर पठाएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी कार्यालय स्थानान्तरण गर्न समय लाग्ने भएकाले तत्काल नभत्काउन पत्राचार गरेको थियो । त्यसपछि महानगरको टोली ट्राफिक प्रहरी कार्यालय नभत्काई फर्केको हो।

महानगरपालिकाले कार्यालय सार्न हिजो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी पत्र लेखेको थियो। अतिक्रमण गरेर कार्यालय खडा गरिएको भन्दै महानगरले हटाउन भनेको हो।

यता, ट्राफिक प्रहरी कार्यालयले भने २०३० सालदेखि कार्यालय बसेको बताउँदै आएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More