― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
Homeराष्ट्रिय समाचारवडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले दिए पदबाट राजीनामा

वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले दिए पदबाट राजीनामा



१८ कात्तिक, जनकपुरधाम । वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् ।

उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए ।

उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र बुझाएका थिए र सोही दिन गाउँ सभा समेत बसेको थियो ।

उक्त पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ ।

पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस आफूले गरेकोले स्वच्छाले नै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी उनले पत्रमा उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्दछु । भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । त्यसैले मेरो यो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाए दिनु अनुरोध गर्दछु ।’

उनको राजीनामा आज स्वीकृत भएको पालिका उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् ।

आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको उनले बताइन् ।

पालिका अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए । कल्पना चौधरीले भने नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

जनप्रतिनिधिहरूबीच हुने विवादका कारण ५ असोजमा मात्रै पालिकाको गाउँसभा भएको थियो ।

राजीनामा पत्र :

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More