― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsलाप्राकमा बल्ल पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली

लाप्राकमा बल्ल पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली



५ मंसिर, गोरखा । लाइन बिस्तार भएको करिव चार वर्षपछि गोरखाको लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । धार्चे गाउँपालिका वडा नम्बर ४ मा पर्ने उक्त बस्तीमा बिहीबारबाट विद्युत प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

‘वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौं,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘बस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ ।’ मिटर बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुनेछ । जडानका लागि दुई जना प्राविधिक खटाइएको छ ।

निवेदनको आधारमा मिटर बक्स जडान गर्न लागिएको जानकारी गराउँदै उनले भने, ‘हालसम्म ८० वटा निवेदन परेका छन्, बाँकी संकलन हुँदैछ ।’

भूकम्पपश्चात गुप्सीपाखामा निर्माण भएको एकीकृत नमूना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरधुरीमा मिटर बक्स जडान गरिने उनले बताए । लाप्राकमा मात्रै करिव ६ सय घुरधुरी छन् ।

करिव चार वर्षअघि नै ११ केभी क्षमताको लाइन बिस्तार भएको लाप्राकमा विद्युत प्रवाह भने भएको  थिएन । आवश्यक मर्मतसहित वितरण लाइन निर्माणको काम सम्पन्न गरेर बिहीवारबाट विद्युत प्रवाह गरिएको कार्यालय प्रमुख गुरुङले बताए । सिरानचोक गाउँपालिका–२ थालाजुङको ठुलस्वाँरास्थित सबस्टेसनबाट विद्युत प्रवाह गरिएको उनले जानकारी दिए । विद्युत प्रवाहका लागि तीन वटा ट्रान्सफर्मर राखिएको छ । गुप्सीपाखामा १०० केभीए क्षमताको एउटा र पुरानो बस्तीमा ५०/५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको उनले बताए ।

हाल लाप्राकीले लघुजलविद्युतबाट बिजुली बाल्दै आएका छन् । २० र २६ किलोवाटका दुई वटा लघुजलविद्युत भए पनि पावर नपुग्ने स्थानीयको गुनासो छ ।

केन्द्रीय प्रसारणको लाइन जडान भएकाले अबका दिनमा समस्या नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ‘लघुजलविद्युतबाट बिजुली बाल्दा पावर नपुग्ने, वाइफाई समेत नचल्ने जस्ता समस्या थियो, अब केन्द्रीय प्रसारणको बिजुली बालेपछि त्यो समस्या आउँदैन,’ विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More