― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsललितपुरको धौगलबाट ५० किलो भन्दा बढी चाँदी बरामद – KhabarHost

ललितपुरको धौगलबाट ५० किलो भन्दा बढी चाँदी बरामद – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ललितपुरबाट भारतबाट अवैध रूपमा ५० किलो ७४ ग्राम चाँदीसहित अभिषेख शेखलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका अभिषेख शेखले चाँदी नेपाल ल्याई गरगहना बनाएर बेच्ने गरेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले बताए।
  • बरामद चाँदीका गरगहना, नगद, तौल्ने मेसिन र अन्य सामान राजश्व अनुसन्धान विभागमा बुझाइएको छ।

३० असोज, काठमाडौं। ललितपुरबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो।

उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ। यसको गोप्य सूचना सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोको विशेष आएको थियो । त्यही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्रँम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको छ ।

उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More