― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
HomeLatest newsराष्ट्रपतिसँगको वार्तामा को-को पुगे जेनजी प्रतिनिधि ?

राष्ट्रपतिसँगको वार्तामा को-को पुगे जेनजी प्रतिनिधि ?



३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच आज वार्ता सुरु भएको छ ।

गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो ।

आज साढे ५ बजेपछि लागि वार्ता चलिरहेको हो ।

वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् ।

त्यस्तै, बैठकमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् ।

जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।





Read More