― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsराष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र

राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले सातै प्रदेशका लागि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान स्थल र केन्द्र तोकेको छ।
  • प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ।
  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु मतदाता हुन्छन्।

२ पुस, काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । बुधबार आयोगले सातै प्रदेशका लागि मतदान स्थल तथा केन्द्रको टुंगो लगाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत मतदाता हुन्छन् ।

यस्तो छ मतदान स्थल

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More