पुस, काठमाडौं । नेकपा एमालेको जारी मतदानमा प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गर्ने समय फेरि बढाइएको छ ।
यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्याइएको थियो । महासचिव शंकर पोखरेलका अनुसार, अब राति १२ बजेसम्म प्रतिनिधिहरू मतदानस्थलमा प्रवेश गर्न पाउनेछन् ।
केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, १२ सय मत खसिसकेको छ ।
मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिहरू भने नाचगान तथा गफगाफमा व्यस्त छन् ।
प्रतिनिधिहरू ‘होल्ड’ गर्न बसेको ठाउँमा आराम गरिरहेका भेटिन्छन् । केही समूह–समूहमा बसेर नयाँ नेतृत्व र पार्टी राजनीतिबारे गफिएका देखिन्छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

