― Advertisement ―

HomeLatest newsगणेश तिमल्सिनाको प्रतिनिधि कार्ड हराएपछि नयाँ बनाइयो

गणेश तिमल्सिनाको प्रतिनिधि कार्ड हराएपछि नयाँ बनाइयो



८ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको प्रतिनिधि कार्ड हराएपछि पुन: नयाँ बनाइएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि बुधबार बिहानबाट मतदान चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मतदानमा सहभागी हुन उनी दिउँसो ४ बजेतिरै मतदानस्थल पुगेका थिए ।

तर, आफ्नो प्रतिनिधि कार्ड नपाएपछि फर्किएका थिए ।

‘दिउँसो मतदान गर्न गएको थिएँ । कार्ड थिएन,’ तिमल्सिनाले भने, ‘बुझ्दा आधिकारिक मान्छेले लगेको छ भन्नुभयो । त्यसपछि म फर्किएँ । नयाँ बनाउनका लागि भनेर आएको थिएँ । अहिले बन्यो भनेर खबर आएको छ ।’

केहीबेरमा महाधिवेशनस्थल पुग्ने उनले बताए । महाधिवेशन प्रतिनिधिका लागि १० बजेसम्म मतदानस्थल प्रवेश गरिसक्न केन्द्रीय निर्वाचन आयोगले भनेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More